क्वालकमलाई पछाडि पार्दै ताइवानी चिपसेट कम्पनी मिडियाटेक पहिलो स्थानमा

Technology Khabar ११ पुष २०७७, शनिबार

क्वालकमलाई पछाडि पार्दै ताइवानी चिपसेट कम्पनी मिडियाटेक पहिलो स्थानमा
Classic Tech
Nepal Telecom

ताइवानी चिपसेट कम्पनी मिडियाटेकले अमेरिकी चिपसेट निर्माता क्वालकमलाई पछाडि पारेको छ। यो पहिलो पटक हो कि मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन प्रोसेसर कम्पनी बनेको छ।

महत्वपूर्ण, वर्ष २०२० ताइवानको कम्पनी मिडियाटेकको लागि राम्रो भएको छ। काउन्टर प्वाइन्टको रिपोर्टअनुसार मिडियाटेकको सफलतामा चीन र भारतले सबैभन्दा बढी योगदान गरेका छन्।

यस कम्पनीले मिडरेन्ज र बजेट स्मार्टफोनमा बढी ध्यान केन्द्रित गर्दछ र मिडरेन्ज स्मार्टफोनहरू सबैभन्दा धेरै भारतमा बिक्री हुने गर्दछ।

स्मार्टफोन चिपसेटमा मिडियाटेकको बजार सेयर २०२० को तेस्रो क्वाटरमा ३१ प्रतिशत रहेको छ, जबकि क्वालकम दोस्रो नम्बरमा छ। अमेरिकी स्मार्टफोन चिप निर्माता क्वालकमको मार्केट शेयर २९ प्रतिशत छ।

हाइसिलिकन यस सूचीमा तेस्रो नम्बरमा छ भने दक्षिण कोरियाली कम्पनी सामसङ चौथो स्थानमा छ। पाँचौं स्थानको अमेरिकी कम्पनी एप्पल हो।

तर ५जी चिपसेटको बारेमा कुरा गर्दा क्वालकमसँग अझै सबैभन्दा बढी बजार सेयर छ। २०२० को तेस्रो क्वाटरमा, अमेरिकी कम्पनी क्वालकम ३९ प्रतिशत बजार सेयरको साथ ५जी मोबाइल चिपसेटमा नम्बर १ स्थान ओगटेको छ।

काउन्टरपाइन्टको अनुसन्धान निर्देशक डेल गायले २०२० को तेस्रो क्वाटरमा मिडियाटेकको बलियो बजार शेयर तीन कारणले भएको छ। उदीयमान बजारमा मिडरेंज स्मार्टफोनको एक मजबूत प्रदर्शन छ। यस बाहेक, अग्रणी कम्पनीहरूले अब मिडियाटेक प्रोसेसरहरू प्रयोग गरिरहेका छन्।

उक्त रिपोर्टका अनुसार मिडियाटेकले अमेरिकामा ह्वावेको प्रतिबन्धबाट फाइदा उठाएको छ। यसका साथै अर्को प्रमुख कम्पनी शाओमीको स्मार्टफोनमा पनि मिडियाटेकका चिपसेट दिइन्छ।

काउन्टर प्वाइन्टका अनुसन्धान निर्देशकले भनेका छन कि अमेरिकी चिपसेट निर्माता क्वालकमलाई हाइसिलिकनको आपूर्तिमा आएको समस्याको कारण समेत फाइदा भएको छ। यद्यपि क्वालकमले मिडियाटेकबाट पनि कडा प्रतिस्पर्धा भोगेको छ।

यो पनि अपेक्षित छ कि आउँदो वर्ष अर्थात् २०२१ मा मिडियाटेक र क्वालकमको बजार शेयरका लागि कडा प्रतिस्पर्धा हुनेछ। किनकि एकातर्फ क्वालकमले ५जी चिपसेटमा फोकस गरिरहेको छ, अर्कोतर्फ मिडियाटेकले मध्य दायरा क्षेत्रमा आफ्नो पकड बलियो बनाएको छ। एजेन्सी

TK Viber

प्रकाशित: ११ पुष २०७७, शनिबार

Loading...