Technology Khabar ११ पुष २०७७, शनिबार
एप्पल र फेसबुक बीचको लडाई रोकिने संभावना अझै छैन। एप्पलको एप स्टोरको नयाँ गोपनीयता नीतिको विरोध गर्दै आएको फेसबुकले अब एप्पलको एकाउन्टको प्रमाणिकरण निलो टिक हटाएको छ।
फेसबुकले एप्पलको फेसबुक एकाउन्टबाट ब्लू टिक हटाएको हो । यद्यपि यो निर्णय लिनुको कारण स्पष्ट छैन किनकि एप्पलको इन्स्टाग्राम पृष्ठमा भने अझै निलो टिक छ।
एप्पलको नयाँ गोपनीयता नीति अन्तर्गत, एप्पलको एप स्टोरबाट कुनै एप डाउनलोड गर्नु अघि, तपाईंले त्यस एपको गोपनीयता नीति पाउनुहुनेछ जसमा प्रयोगकर्ता डाटा सहित धेरै महत्त्वपूर्ण जानकारी हुन्छन्। यसले प्रयोगकर्ताहरूलाई समेत आफ्नो डाटामा कुनैपनि एपले के गरिरहेको छ र कुनै फिचरहरुमा किन पहुँच गरिरहेको छ भनेर पनि जानकारी दिनेछ।
नयाँ नीति iOS, iPadOS, macOS, watchOS मा लागु हुनेछ। यो नीति एप्पलको इनहाउस एपहरूमा पनि लागू हुनेछ।
फेसबुकले एप्पलको नयाँ गोपनीयता नीतिको विरोध गर्दै आएकोछ र ह्वाट्सएपले पनि यसलाई पक्षपाति भनेर वर्णन गरेको छ। ह्वाट्सएपले भनेको छ कि तेस्रो पार्टी एपको लागि न्यूट्रिशन लेबल छ तर त्यस्ता एपहरूका लागि के हुन्छ जुन आईफोनमा पहिले नै स्थापित छन्।
उता एप्पलले स्पष्ट गर्यो कि नयाँ नियम एप्पलको तेस्रो पार्टी एपहरूका साथै आफ्नो होम एपहरूमा पनि लागू हुनेछ। एजेन्सी
प्रकाशित: ११ पुष २०७७, शनिबार