Technology Khabar ११ पुष २०७७, शनिबार
कोरोनाभाइरसको महामारी र लकडाउनपछि अधिकांशले वर्क फ्रम होम गरिरहेका छन्। घरबाटै कार्यालयका काम गर्न होस वा घरबाटै अनलाइन कक्षामा सहभागी हुन होस् वाईफाई निरन्तर आवश्यक पर्दछ ।
तर हामीले प्रयोग गर्ने इन्टरनेटको कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । कहिलेकाहीँ अरुले हाम्रो वाईफाईको कनेक्सन चोरेको कारणले पनि यस्तो हुन सक्छ ।
प्रयोग गरिरहनुभएको वाईफाई चोरी भएको हो कि होइन भनेर थाहा पाउनको लागि आज हामीले तपाईलाई केही उपायहरुको प्रयोग बारे जानकारी दिएका छौं ।
आफ्नो राउटर जाँच गर्ने
यो सबैभन्दा सजिलो प्रक्रिया हो । तपाईँले पक्कै पनि राउटरमा विभिन्न किसिमको बत्ती बलेको देख्नु भएको होला । त्यहाँ कनेक्सनको बत्ती समेत रहेको हुन्छ ।
यसको लागी पहिले आफ्नो सबै डिभाइसलाई डिस्कनेक्ट गर्नुपर्छ र त्यसपछि पनि बत्ती बलि नै रहेको छ भने कोही वाईफाईमा जोडिएको छ भन्ने बुझिन्छ । तर यो प्रक्रियाले भने आफ्नो शङ्का प्रमाणित हुने मात्र हो । तपाईँको वाईफाई प्रयोग गरिरहेको अन्य प्रयोगकर्तालाई रोक्न भने सकिँदैन् ।
आफ्नो डिभाइस राउटर लिस्ट जाँच गर्ने
राउटर लिस्ट भने राउटरको एडमिनिस्ट्रेटिभ कन्सोल भित्र पाइन्छ र यसमा एक्सेस गर्न हामी राउटर कन्सोलमा लग इन गरेर पुग्न सक्दछौँ ।
यसो गर्नका निम्ति आफ्नो वेभ ब्राउजरमा राउटरको आइपी ऐड्रेस हाल्ने र त्यहाँ एउटा पेजमा आफ्नो राउटर कुन कुन डिभाइससँग कनेक्ट भएको छ भन्ने देखाँउछ । यो पेजमा ‘डिभाइस म्यानेजर या ‘कनेक्टेड डिभाइस’ भनेर देखाउँछ ।
यहाँ बाट कुनै नचाहिने डिभाइसले पहुँच पाएको छ कि भन्ने थाहा हुन्छ । नेटवर्क मनिटरिङ टूलको मद्दतले पनि थाहा पाउन सकिन्छ ।
वाईफाईलाई कसरी सुरक्षित पार्ने?
वास्तबमै कसैले तपाईँको वाईफाईमा पहुँच पाएको छ भन्ने थाहा पाएपछि सबैभन्दा पहिले आफ्नो सेक्यूरिटी प्रोटोकल जाँच्नुपर्छ । यदि डब्लुईपी र डब्लुपीए जस्ता प्रोटोकल छन् भने तिनीहरुलाई नयाँ डब्लुपीएटू एइएसका साथ परिवर्तन गर्नुपर्छ ।
यसो गरेसँगै वाईफाईमा बलियो पासवर्ड पनि राख्नुपर्छ र हरेक दुई महिनामा यसलाई परिवर्तन गरिरहनुपर्छ । जसले गर्दा कसैले वाईफाईमा पहुँच पायो भने दुई महिनपछि पासवर्ड परिवर्तनसँगै सो पहुँच पाउने छैन् ।
प्रकाशित: ११ पुष २०७७, शनिबार