Technology Khabar १० पुष २०७७, शुक्रबार
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाईनमार्फत बुझाउन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ ।
खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक पदमा ३८ जना र सहायक पदमा १२ जनाका लागि आवेदन आह्वान गरेको छ ।
प्रकाशित: १० पुष २०७७, शुक्रबार