अमेरिकाको क्यालिफोर्नियामा नूरोले पायो ड्राइभरलेस डेलिभरी सेवाको पहिलो अनुमति

Technology Khabar १० पुष २०७७, शुक्रबार

अमेरिकाको क्यालिफोर्नियामा नूरोले पायो ड्राइभरलेस डेलिभरी सेवाको पहिलो अनुमति

काठमाडौं ।

अमेरिकाको क्यालिफोर्निया राज्यले पहिलो पटक कमर्शियल ड्राइभरलेस डेलिभरी सेवाको लागि पहिलो पटक अग्रसरता लिँदै अगाडी बढाएको छ।

रोबोटिक्स स्टार्ट-अप नूरोले चालकविहीन डेलिभरी अपरेसनहरू छिटोमा अर्को बर्षसम्म चाँडै सुरू गर्ने योजना बनाएको छ।

यसले अप्रिलमा सो राज्यमा यसको आर २ सवारीसाधनको परीक्षण गरेको थियो, तर अनुमतिले यसलाई आफ्नो सेवाको लागि मानिसहरूबाट शुल्क लिन सक्नेछ।

फर्मका गाडीहरू ५६ किमि र प्रतिघन्टामा सीमित हुनेछन्, र ‘उचित मौसम’ भएको अवस्थामा भने अपरेट गर्न प्रतिबन्धित हुनेछ।

क्यालिफोर्नियामा अटोनोमस सवारी साधनको विकासको लागि पहिलो डिप्लोइमेन्ट अनुमति पत्र जारी गर्नु महत्त्वपूर्ण माइलस्टोन हो,’ क्यालिफोर्निया मोटर विभागका निर्देशक स्टीव गोर्डनले भने।

‘हामी प्रविधिको विकासको साथसाथै मनिटरीङ्ग गरेर सार्वजनिक सुरक्षालाई ध्यानमा राख्नेछौं।’

नुरो दुई पूर्व गुगल ईन्जिनियरहरूद्वारा स्थापित गरिएको हो र यसमा जापानी फर्म सफ्टब्यांकको लगानी छ।

नूरोको आर२ ले यसको गतिलाई स‌ंचालन र निर्देशित गर्न राडार, थर्मल इमेजिंग र ३६० डिग्री क्यामरा प्रयोग गर्दछ। र यसमा स्टीयरिंग ह्वील, प्याडल वा साइड भ्यू मिररहरू छैनन्।

Global Bank
easy care

प्रकाशित: १० पुष २०७७, शुक्रबार

ताजा समाचार