Technology Khabar १० पुष २०७७, शुक्रबार
काठमाडौं । स्मार्टडोकोमा आइएमएस ग्रुपले लगानी गरेको छ । आइएमएस ग्रुपको लगानी पछि इ–कमर्श कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लन्च गर्ने भएको छ ।
यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यही अवसरमा स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड्’ पनि ल्याएको छ । यस अफर अन्र्तगत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् ।
स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् । यसमा न्युनतम् अर्डर भ्यालु रु. २५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानी गर्दा मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ।
सेलपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टि पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ, जसमा ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्।
ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् । हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुनेछ ।
नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ । माच्छापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. ५०० को सिमा हुने कम्पनीले जनाएकोछ ।
सामसङ, एमआई र वानप्लस ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको ब्रेकेज बीमा सुविधा पाइनेछ । हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।
१ रुपैया गेमअन्तरगत १ भाग्यशाली ग्राहकले इनचार्जरको पावर बैंक जित्ने मौका पाउनेछ । २५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजे सम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराईएको छ । फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।
ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अपडेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
‘स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आइएमएस ग्रुपमा समावेश गरिसकेपछि हामी हाम्रा ग्राहकहरूलाई स्मार्टडोकोको नयाँ भर्जन चिनाउन चाहन्छौं । भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि, हामीले हाम्रो वेबसाइट र मोबाइल एपलाई सुधारगरी नयाँ रूप दिएका छौं ताकि उपयोगकर्तालाई अनुकूल ईन्टरफेसको अनुभव होस्,’ आइएमएस ग्रुपका अध्यक्ष तथा सिईओ दिकेश मल्होत्राले भने ।
प्रकाशित: १० पुष २०७७, शुक्रबार