अर्को सातादेखि ड्राइभिङ लाइसेन्सको परीक्षा खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

Technology Khabar १० पुष २०७७, शुक्रबार

अर्को सातादेखि ड्राइभिङ लाइसेन्सको परीक्षा खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ।

कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षा अर्को सातादेखि खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार सातै प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा स्थगित गरेको थियो ।

लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

उनका अनुसार अर्को साता पुस १५ पछि चारपांग्रे र दुईपांग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने गरी तयारी भइरहेको छ । यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र ट्रायल खुलाइनेछ ।

भुसालका अनुसार अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भएपनि परीक्षा लिने र ट्रायल गराउन सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्नेछन् ।

Global Bank
easy care

प्रकाशित: १० पुष २०७७, शुक्रबार

ताजा समाचार