सामसङ ग्यालेक्सी एस२१ सिरिजसँगै सार्वजनिक हुँदै ग्यालेक्सी बड्स प्रो

Technology Khabar १० पुष २०७७, शुक्रबार

सामसङ ग्यालेक्सी एस२१ सिरिजसँगै सार्वजनिक हुँदै ग्यालेक्सी बड्स प्रो

काठमाडौं ।

सामसङ ग्यालेक्सी बड्स प्रो बजारमा आउने भएको छ । सामसङको फ्यागसिप स्मार्टफोन ग्यालेक्सी एस२१ सिरिजसँगै ग्यालेक्सी बड्स प्रो सार्वजनिक गर्ने भएको हो ।

ग्यालेक्सी बड्स प्रोका केहि तस्विर बाहिरिएका छन् ।

रिपोर्टका अनुसार सामसङ ग्यालेक्सी बड्स प्रोमा ग्यालेक्सी बड्सको जस्तै टु वे स्पिकर हुनेछ । यसमा शक्तिशाली ध्वनी क्यानसिलेसन फिचर हुनेछ । सामसङले यसलाई इन्टिलिजेन्स ध्वनी क्यान्सिलेसन नामकरण गरेको छ ।

प्रयोगकर्ताले तीन मोडमा एयरफोन उपयोग गर्न सक्नेछन् । कन्भरसेसन मोड, एमबिनेन्ट साउन्ड मोड र एक्टिभ साउन्ड क्यानसिलेसन मोड छ । प्रयोगकर्ताले आफ्नो चाहान अनुरुप ध्वनीको लेभल बढाउन सक्नेछन् ।

ग्यालेक्सी बड्स प्रोलाई एक चार्जमा ४.५ घण्टासम्म कुराकानीका लागि प्रयोग गर्न सकिन्छ भने ८ घण्टा प्ले ब्याकको लागि चलाउन सकिन्छ । यसको केसका साथमा एक चार्जमा १५ घण्टासम्म टकटाइम र २८ घण्टासम्म प्लेब्याकको लागि प्रयोग गर्न सकिन्छ ।

सामसङले ग्यालेक्सी बड्स प्रोको मूल्य १९९ अमेरिकी डलर तोक्ने अनुमान गरिएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १० पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया