उच्च रिफ्रेस रेटको किरिन ९८५ चिपसेटसहित ह्वावे नोभा ८ र नोभा ८ प्रो सार्वजनिक

Technology Khabar १० पुष २०७७, शुक्रबार

उच्च रिफ्रेस रेटको किरिन ९८५ चिपसेटसहित ह्वावे नोभा ८ र नोभा ८ प्रो सार्वजनिक

काठमाडौं ।

ह्वावे नोभा ८ सिरिज चीनमा सार्वजनिक भएको छ । ह्वावेले भेनिला नोभा ८ र नोभा ८ प्रो सार्वजनिक गरेको हो ।

यी दुवै स्मार्टफोनमा उच्च रिफ्रेस रेटको किरिन ९८५ चिपसेट दिइएको छ। फोनमा राखिएको चिपसेट यसअघि नोभा ७ र अनर एक्स १०मा समेत प्रयोग भईसकेको छ ।

फोनमा क्वाड ६४ मेगापिक्सेल क्यामरा राखिएको छ भने ५जी फोनमा ६६ वाटको चार्जर छ । ९० गीगाहर्ज रिफ्रेस रेटको नोभा ८ मा ६.५७ एफएचडीप्लस ओएलइडी प्यानल छ । नोभा ८ ले १०८० वाई २३४० पिक्सल फुल एचडीप्लस सर्पोट गर्छ ।

नोभा ८ प्रोले १२३६x२६७६ एफएचडी प्लस रिफ्रेस रेट सर्पोट गर्छ र टच स्याम्पलिङ रेट ३०० गीगाहर्जको छ । यी दुवै स्मार्टफोनले १० बीट कलर डेफ्थ सर्पोट गर्छ । नोभा ८ मा पन्च होल डिजाइन छ भने ८ प्रोमा ड्यूल सेल्फी क्यामराका लागि ‘पिल सेप कटआउट’ रहेको छ ।

सेल्फीका लागि नोभा ८ मा ३२ मेगापिक्सलको क्यामरा छ भने ८ प्रो भर्सनमा ३२ प्लस १६ मेगापिक्सेलको क्यामरा रहेको छ ।

नोभा ८ का दुबै भर्सनमा८ जीबी र्याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेज अप्सन रहेकोछ ।पावरका लागि नोभा ८ मा ३८०० एमएएच ब्याट्री प्याक तथा नोभा ८ प्रोमा ४००० एमएएचको ब्याट्री ब्याकअप रहेको छ ।

चीनमा मात्र हाल उपलब्ध रहेका यी फोनहरुमध्ये नोभा ८ को शुरुवाती मूल्य ३२९९ यूआन तथा ८ प्रोको शुरुवाती मूल्य ३९९९ यूआन रहेको छ ।

गत महिनामात्रै कम्पनीले नोभा ८ एसई लन्च गरेको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १० पुष २०७७, शुक्रबार