आफ्नै महिला साथीको अश्लिल भिडियो पोर्न साइटमा अपलोड गर्ने पक्राउ

Technology Khabar ९ पुष २०७७, बिहीबार

आफ्नै महिला साथीको अश्लिल भिडियो पोर्न साइटमा अपलोड गर्ने पक्राउ
Classic Tech
Nepal Telecom

सामाजिक सञ्जालमा फेक आईडी, इमेल बनाई पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउने, यौन उत्पिडन एवं हैरानी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गाउँपालिका-५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २० वर्षीय रोलक वहादुर थापा रहेका छन् ।

अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा इमेलबाट पोर्न साईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त पोर्नसाईटबाट हटाउनको लागि १ हजार ९८ अमेरिकी डलर माग गरी ब्ल्याकमेल गर्दै यौन उत्पीडन दिने, सेक्स एक्सटर्सन(Extortion) गर्ने र दुस्ख हैरानी दिने कार्य गरेको खुल्न आएको साईबर ब्यूरोले जानकारी दिएको छ ।

साथै रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न आएको ब्यूरोले उल्लेख गरेको छ।

ब्युरोले उनीमाथि विद्युतीय कारोवार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भईरहेको साईबर ब्यूरोले जनाएको छ ।

TK Viber

प्रकाशित: ९ पुष २०७७, बिहीबार

Loading...