Technology Khabar ९ पुष २०७७, बिहीबार
सनराइज बैंकले झापाको बुद्धशान्ति गाँउपालिका–६, शान्तिनगर, गौंडामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५६ पुगेको छ । बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सुनिल बस्नेतलाई नियुक्त गरेको छ ।
बैंकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएमबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।
प्रकाशित: ९ पुष २०७७, बिहीबार