इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब ईलेक्ट्रिक भेहिकलका पार्टहरु बनाउने

Technology Khabar ९ पुष २०७७, बिहीबार

इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब ईलेक्ट्रिक भेहिकलका पार्टहरु बनाउने
Classic Tech
Nepal Telecom

होमअप्लाइन्स र स्मार्टफोन उत्पादनका लागि चर्चित एलजी इलेक्ट्रोनिक्सले ईलेक्ट्रिक कारका लागि आवश्यक सामाग्रीहरु बनाउने भएको छ।

एलजी इलेक्ट्रोनिक्स र सवारी साधनको पार्टपूर्जा आपूर्तिकर्ता म्याग्ना इन्टरनेशनल इंकसँग मिलेर ईलेक्ट्रिक कारको सामाग्रीहरु बनाउने भएका छन् । ईलेक्ट्रिक कार उत्पादनका लागि बुधबार एलजी र म्याग्नाबीच सम्झौता भएको हो । यो ज्वाइन्ट भेन्चरलाई सम्भवत एलजी म्यागना ई–पावरट्रेन भनिन्छ।

यसको लगानी एक खर्ब अमेरिकी डलर हुने बताइएको छ । ज्वाइन्ट भेन्चर मार्फत ई–मोटर, इन्भर्टर र अनबोर्ड चार्जरको उत्पादन गरिने एलजीले जानकारी दिएको छ । विश्वमै ईलेक्ट्रिक सवारीको माग बढ्दो छ । बजारमा आफ्नो प्रभुत्व कायम राख्न एलजीले ईलेक्ट्रिक कारको सेग्मेन्टमा हात हालेको हो । एजेन्सी

TK Viber

प्रकाशित: ९ पुष २०७७, बिहीबार

Loading...