एप्पलले ३ नानोमिटर चिपसेटका लागि टीएसएमसीसँग अर्डर गर्यो

Technology Khabar ९ पुष २०७७, बिहीबार

एप्पलले ३ नानोमिटर चिपसेटका लागि टीएसएमसीसँग अर्डर गर्यो
Classic Tech

यस वर्ष, एप्पलले आफ्नो एप्पल ए १४ बायोनिकको रूपमा ५एनएममा आधारित चिपसेट प्रयोग गर्ने पहिलो कम्पनी भएको थियो। चिपसेट आईफोन १२ सिरिजका साथमा आयो र यसले कम ऊर्जा लागतमा अतिरिक्त प्रदर्शन प्रदान गर्दछ।

अब, भने एन्ड्रोइडको लागि क्वालकम स्न्यापड्रागन ८८८, एक्सनोज २१००, र १०८० चिप्को लागी ५एनएमको समयमा सोही आर्किटेक प्रयोग गरेर आएको छ । यस बीच, एप्पलले भने अर्को ठूलो कुरामा काम गरिरहेको देखिन्छ त्यो भनेको-३एनएम हो।

५ एनएम प्रक्रियामा आधारित पहिलो चिपहरू भर्खर बाहिर ल्याएसँगै टीएसएमसी र एप्पलले भविष्यमा ३ एनएम र ४ एनएम नोडहरूको लागि ठूला योजनाहरू बनाएर अगाडि हेरिरहेका छन्। रिपोर्ट गरिएअनुसार, एप्पलले पहिले नै सन् २०२२ मा ३ एनएम चिप उत्पादनको अर्डरको राम्रो हिस्सा सुरक्षित गरिसकेकोछ।

यस मामलासँग परिचित स्रोतहरूलाई उदृत गर्दै आएको समाचारअनुसार उक्त चिपहरूले भविष्यका आईप्याडहरू र म्याकबुकहरूलाई सञ्चालन गर्दछ । यसको मतलब यो हो कि हामी अर्को वर्षको लागि ५ एनएम वा शायद ५ एनएम प्लस चिपहरु आउने अपेक्षा गर्दछौं ।

टीएसएमसी प्रमाणीकरण प्रक्रियाको साथ लगभग तयार छ त्यसैले सम्भवतः अर्को वर्ष परीक्षण उत्पादन शुरू हुनेछ जबकि २०२२ मा सामूहिक उत्पादन हुनेछ। एजेन्सी

TK Viber

प्रकाशित: ९ पुष २०७७, बिहीबार

Loading...