सामसङ ए५१ मा वान यूआई ३ बीटा प्रोग्राममा

Technology Khabar ९ पुष २०७७, बिहीबार

सामसङ ए५१ मा वान यूआई ३ बीटा प्रोग्राममा

काठमाडौं ।

सामसङले मिड रेज स्मार्टफोनलाई पनि आकर्षित बनाउने भएको छ । सामसङका मिड रेन्ज स्मार्टफोनमा त्यस्तो विशेष प्रकारको फिचर र स्पेसिफिकेसन पाउन सकिँदैन थियो । फ्ल्यागसिप फोन किन्ने बजेट नभएका ग्राहकका लागि कम्पनीले ग्यालेक्सी ए र एम सिरिज ल्याएको थियो ।

ए र एम सिरिजका फोन छोटो अवधिमै ग्राहकका बिच लोकप्रिय हुन सफल भएको छ । ग्यालेक्सी ए र एम सिरिजमा फ्ल्यागसिप स्मार्टफोनमा हुने फिचर र स्पेसिफिकेसन थियो।

विगतमा ती फिचर सामसङको फ्ल्यागसिप फोनमा मात्र पाउन सकिन्थ्यो । कम्पनीले अहिले सफ्टवेयर डिपार्टमेन्टमा पनि सुधार ल्याएको छ। यसका कारण सामसङका मिड रेन्ज र बजेट फोनमा पनि धेरै अपडेट पाउन सकिन्छ ।

सन् २०१९ मा ग्यालेक्सी ए र एम सिरिजका फोन धेरै बिक्री भएका थिए । त्यो सफलताबाट प्रेरित भएर सामसङले सन् २०२० मा दुई चर्चित फोन ए५१ र ए७१ बजारमा ल्याएको थियो । कम्पनीले ग्यालेक्सि ए५२ र एम७२ लाई सन् २०२१ को पहिलो मिड रेन्जको फोनको रुपमा बजारमा ल्याउने तयारी गरेको छ ।

ग्यालेक्सी ए५१ कम्पनीको २०२० मा सबैभन्दा धेरै बिक्री भएको ५जी फोन पनि हो । कम्पनीको पहिलो मिड रेन्ज फोनमा वान यूआई ३ बीटा प्रोग्रामको हुनेछ।

साथै अबदेखि बजारमा आउने सामसङका मिड रेन्ज फोनमा एन्ड्रोइड ११ प्रोसेसर हुनेछ । कम्पनीले दिइएको जानकारी अनुसार एम३१ मा एन्ड्रोइड ११ बीटा प्रोग्रामको सुरुवात गरिसकेको छ। एजेन्सी

Global Bank
easy care

प्रकाशित: ९ पुष २०७७, बिहीबार

ताजा समाचार