भारत सेमिकण्डक्टर ईकोसिस्टम निर्माण गर्ने योजनामा

Technology Khabar ९ पुष २०७७, बिहीबार

भारत सेमिकण्डक्टर ईकोसिस्टम निर्माण गर्ने योजनामा
Classic Tech

भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले हालै देशको सेमिकण्डक्टर(अर्धचालक) ईकोसिस्टम स्थापना गर्न उद्योग सहयोग खोज्ने आशयपत्र सार्वजनिक गरेको छ ।

पछिलो दिनमा भारतले टेक्नोलोजी हब बनाउने उद्धेश्यले विश्वभरका कम्पनीहरुलाई आकर्षित गरिरहेको बेला सेमिकण्डक्टर बनाउने योजना समेत लिएको स्थानीय मिडिया रिपोर्टले जनाएको छ।

स्वराज म्याग, एनालिटिक्स इंडिया र अन्यले प्राप्त गरेको प्रतिवेदनका अनुसार आत्मनिर्भर भारतको दर्शन प्राप्त गर्न विदेशी अर्धचालक संयन्त्रहरूको स्थापना, विस्तार वा अधिग्रहण गर्न यसले कम्पनीहरूलाई आग्रह गरिरहेको छ।

यसले सीएमओएस प्रक्रिया टेक्नोलोजीसहित सेमीकन्डक्टर सेगमेन्टहरूको विस्तृत श्रृंखलामा हेरिरहेको छ । २८ एनएममा प्रोसेसर, मेमोरी, एनालग/ डिजिटल/मिक्सड-सिग्नल आईसीहरू र माथि प्रक्रियाहरू १२ इन्च वेफर फेबमा प्रति महिना ३०,००० प्लस वेफर क्षमताको उत्पादन गर्ने योजनामा छ।

यसले उच्च आवृत्ति, उच्च शक्ति, र अप्टोइलेक्ट्रोनिक उपकरणहरूको उत्पादनको लागि उदीयमान टेक्नोलोजी भएका फर्महरूको खोजी पनि गरिरहेको छ । यसका साथै विशेषगरि ८ इन्च र माथिको भारतीय वेफर फेबहरू स्थापना गर्न वा विस्तार गर्न रुचि लिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ९ पुष २०७७, बिहीबार

Loading...