स्मार्टफोन कम्पनी ओपोद्धारा चीन बाहिर पहिलो फाइभजी इनोभेसन ल्याब स्थापना

Technology Khabar ८ पुष २०७७, बुधबार

स्मार्टफोन कम्पनी ओपोद्धारा चीन बाहिर पहिलो फाइभजी इनोभेसन ल्याब स्थापना

काठमाडौं ।

चीनको स्मार्टफोन कम्पनी ओपोले भारतमा फाइभजी इनोभेसन ल्याब तयार गरेको छ । यो कम्पनीको चीन बाहिर निर्माण भएको पहिलो ५जी ल्याब हो ।

कम्पनीले भारतको हैदराबाद स्थित रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा अन्य तीन इनोभेटिभ फङ्गसन ल्याब राख्न चाहिरहेको छ । ती ल्याबहरु क्यामरा, पावर एन्ड ब्याट्री र परफरमेन्स ल्याब हुनेछन् ।

ओपो भारतका अध्यक्ष तथा रिसर्च एण्ड डेभलपमेन्ट प्रमुख तसलीम आरिफले भने, ‘चीन बाहिर यो ओपोको पहिलो ५जी ल्याब हो । यस ल्याबबाट ५जी टेक्नोलोजीको विकास गरिनेछ र कम्पनीको इकोस्टिमलाई बलिायो बनाइनेछ ।’

भारतमा ५जी फोनको बजार बढ्दो छ । बजारको मागलाई ध्यानमा राखेर कम्पनीले भारतमा ल्याब सञ्चालनमा ल्याएको हो ।

ओपोको यो ५जी ल्याब एडभान्स टेक्नोलोजी बनाउन केन्द्रित हुनेछ । भारतीय टिमले नै मध्य पूर्व, अफ्रिका, दक्षिण एसिया, जापान र यूरोपलगायतका देशमा इनोभेसनको क्षेत्रमा लिड गर्नेछन् । एजेन्सी

easy care

प्रकाशित: ८ पुष २०७७, बुधबार

ताजा समाचार