Technology Khabar ७ पुष २०७७, मंगलवार
काठमाडौं ।
टेक कम्पनी सामसङ ल्यापटप सेगमेन्टको नयाँ संस्करणमा काम गरिरहेको चर्चा चलिरहेको छ ।
कम्पनीले गत जनवरीमा घोषणा गरिएको प्रिमियम क्रोम ओएस डिभाइसको फलोअपमा काम गरिरहेको छ। सोहि ल्यापटप जसलाई ग्यालेक्सी क्रोमबुक २ भनिनेछ, त्यसको रेन्डर लीक भएको छ।
इभान ब्लासले अन भ्वाइसमा ‘ग्यालेक्सी क्रोमबुक २’ को रेन्डर साझा गरेका छन जसमा सामसङले फेरि फिएस्टा रेड र मर्करी ग्रे भेरियन्टको लागि छनौट गरेको देखिन्छ।
स्क्रीनको वरिपरि बेजेलहरू रहेका छन भने यो अप्रत्याशित रूपमा टचस्क्रीन र शेल्फमा स्टाइलस मेनूको साथ टू-इन-वन डिभाइसको रुपमा रहने देखिएको छ। यसको स्क्रीनमा क्यानभास एप पनि देखिन्छ भने अपडेट गरिएको गुगल वर्कस्पेस आईकनहरूसाथै रहेका छन् ।
हामी ३.५ एमएम हेडफोन ज्याक, भोल्युम रकर, र माइक्रोएसडी कार्ड स्लट रहनेछ । तर यसमा कुन प्रोसेसर प्रयोग गरिएको छ भन्ने जानकारी छैन् ।
हाल सामसङको नयाँ ग्यालेक्सी क्राेमबुक २ का स्पेसिफिकेसनको जानकारी छैन् तर यो छिटै बजारमा आउने अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित: ७ पुष २०७७, मंगलवार