गुगल सर्च इन्जिनको फिचरमा व्यापक परिवर्तन हुँदै, प्रयोगकर्ताको समय बचत हुने

Technology Khabar ७ पुष २०७७, मंगलवार

गुगल सर्च इन्जिनको फिचरमा व्यापक परिवर्तन हुँदै, प्रयोगकर्ताको समय बचत हुने
Classic Tech

गुगल संसारकै सबैभन्दा चर्चित सर्च इन्जिन हो । गुगल सर्च इन्जिनमा गरिएको सानो भन्दा सानो परिवर्तनले यसका अर्बौं प्रयोगकर्तालाई प्रत्यक्ष प्रभाव पार्छ।

हालै आएको रिर्पोटका अनुसार गुगल सर्च इन्जिनको इन्टरफेसमा केहि हेरफेर गर्ने तयारी सुरु गरिएको छ ।

सर्च इन्जिनमा राखिने नयाँ फिचरमा प्रयोगकर्ताले कुनै पनि लिंकमा माउस राख्दा त्यसको प्रिभ्यू देखिने ९टू५गुगलको रिर्पोटमा उल्लेख छ ।

उक्त रिर्पोटमा त्यस फिचरले कसरी काम गर्छ भनेर भिडियो पनि राखिएको छ । प्रयोगकर्ताले कुनै पनि प्रोडक्ट सर्च गर्दा त्यस सम्बन्धित हजारौं रिजल्टहरु पाउनेछन् । प्रयोगकर्ताका माझ कयौं वेबसाइट खोल्ने अवसर उपलब्ध हुनेछ । तीमध्ये आफूले जानकारी दिन खोजेको लिंक खोल्न सकिन्छ ।

नयाँ फिचर सार्वजनिक भएसँगै कुनै लिंकमा माउस पुर्याउदा त्यहाँ केहि प्रिभ्यू देखिन्छ । त्यो प्रिभ्यूका आधारमा प्रयोगकर्ताले उक्त वेबसाइट खोल्ने वा नखोल्ने निर्णय लिन सक्छन् ।

गुगलले सार्वजनिक गरेको भिडियोमा उक्त फिचरले दुई प्रकारले काम गरेको देख्न सकिन्छ । सर्च रिजल्टसका केहि लिंकमा माउस राख्दा उक्त वेबसाइटमा रहेको प्रमुख प्रडक्टको तस्बिर देखिन्छ । र, केहि लिंकमा माउस राख्दा उक्त वेबसाइटको डिटेल देख्न सकिन्छ ।

प्रयोगकर्ताले खोज्न चाहेको प्रोडक्ट सहज र छिटो उपलब्ध गराउने उद्देश्यले गुगलले नयाँ फिचर ल्याउन लागेको हो । यो फिचर प्रयोगमा आएसँगै गुगल प्रयोगकर्ताको समय बचत हुनका साथै प्रयोगकर्ताले सहज रुपमा आफूले खोज्न चाहेको प्रोडक्टको बारेमा जानकारी पाउनेछन् । एजेन्सी

TK Viber

प्रकाशित: ७ पुष २०७७, मंगलवार

Loading...