एटीएमबाट हुने कारोबारमा वृद्धि, कात्तिकमा ८ अर्ब साढे ७० करोडको कारोबार

Technology Khabar ७ पुष २०७७, मंगलवार

एटीएमबाट हुने कारोबारमा वृद्धि, कात्तिकमा ८ अर्ब साढे ७० करोडको कारोबार
फाइल तस्बिर

काठमाडौं ।

नेपालमा पछिल्लो एक महिनामा एटीएमको कारोबार र कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एटीएमको कारोबार तथा कारोबार रकम बढेको हो ।

असोज महिनाको तुलनामा कात्तिक महिनामा एटीएमको कारोबार तथा कारोबार रकम बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको डाटामा उल्लेख छ ।

असोज महिनाको तुलनामा कात्तिकमा एटीएमको कारोबार ६ लाख २७ हजार ८१८ ले बढेको छ । असोजमा एटीएमको प्रयोगबाट ५३ लाख ८८ हजार ५०२ पटक कारोबार भएको छ भने, कात्तिकमा ६० लाख १६ हजार ३२० पटक कारोबार भएको छ ।

एक महिनामा कारोबार रकम पनि बढेको छ । असोजको तुलनामा कात्तिकमा आठ अर्ब ७० करोड ५० लाख रुपैयाँले एटीएमको कारोबार बढेको छ ।

असोजमा ४६ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । कात्तिकमा ५५ अर्ब ४९ करोडको कारोबार भएको छ।

easy care

प्रकाशित: ७ पुष २०७७, मंगलवार

ताजा समाचार