चिनियाँ ड्रोन कम्पनी अमेरिकाको प्रतिबन्धित सूचीमा

Technology Khabar ७ पुष २०७७, मंगलवार

चिनियाँ ड्रोन कम्पनी अमेरिकाको प्रतिबन्धित सूचीमा
Classic Tech

अमेरिकामा चिनियाँ उत्पादनहरु माथिको प्रतिबन्धको सूची बढेको छ । अमेरिकाले हालसालै ७७ वटा उत्पादनको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । तीमध्ये अधिकतम चिनियाँ उत्पादन रहेका छन् । हालसम्म अमेरिकाले २७५ वटा भन्दा धेरै चिनियाँ उत्पादन माथि प्रतिबन्ध लगाइसकेको छ ।

भर्खर सार्वजनिक गरिएको प्रतिबन्धको नयाँ सूचिमा चिनियाँ ड्रोन निर्माता डीजेआई पनि समावेश गरिएको छ ।

डीजेआई विश्वकै अग्रणी ड्रोन उत्पादकमध्येको हो । चीनमा मानव अधिकार दुरुपयोग गरेको आरोपमा अमेरिकाले डीजेआई माथि प्रतिबन्ध लगाएको छ ।चीनमा मानवअधिकारको दूरुपयोगमा उच्च स्तरको प्रविधि प्रयोग गरिएको र त्यसको लागि डिजेआईको ड्रोन प्रविधि प्रयोग भएको अमेरिकी प्रशासनले उल्लेख गरेको छ ।

कम्पनीले भने सो प्रतिबन्धमा असन्तुष्टि व्यक्त गरेको छ । त्यसैगरि सो प्रतिबन्धले डिजेआईले अमेरिकी टेक्नोलोजी र सामाग्रीहरु प्रयोग गर्न नपाएपनि कम्पनीका उत्पादनहरु भने अमेरिकामा बिक्री गर्न कुनै प्रतिबन्ध हुनेछैन् ।

पछिल्लो समय विश्व बजारमै ड्रोनको ब्यापार बढ्दो क्रममा छ । फिल्म खिच्न, अनुसन्धान र मेडिकल क्षेत्रमा पनि ड्रोनको प्रयोग हुने गरेको छ ।

डिजेआईले ड्रोन बजारको करिब ७७ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । एजेन्सी

TK Viber

प्रकाशित: ७ पुष २०७७, मंगलवार

Loading...