Technology Khabar ६ पुष २०७७, सोमबार
स्मार्टफोन कम्पनी वानप्लस अब स्मार्टवाचको सेगमेन्टमा प्रवेश गर्ने भएको छ । कम्पनीले स्मार्ट वाच बजारमा ल्याउने भएको छ ।
वानप्लसले मोबाइल, टीभी, पावरब्यांक, फोन केस, एयरफोन लगायतका इलेक्ट्रिक इक्यूमेन्ट निर्माण गर्नेगर्दछ । अब भने कम्पनीले स्मार्ट घडीको पनि उत्पादनमा हात हालेको छ । केहि महिना अघि वानप्लसले स्मार्ट घडीको टिजर सार्वजनिक गरेको थियो ।
रिर्पोटका अनुसार हाल वानप्लस स्मार्ट घडी निर्माणको तयारीमा जुटेको छ ।
जानकारीका अनुसार वानप्लस स्मार्ट घडी सन् २०२१ देखि बजारमा उपलब्ध हुने सम्भावना छ ।
हालसम्म कम्पनीले स्मार्ट घडी सार्वजनिक गर्ने मिती र घडीको फिचर गोप्य राखेको छ । वानप्लसले आफ्नो कुनै पनि उत्पादन बजारमा सार्वजनिक गर्नुभन्दा एक महिना अघि नै त्यसको जानकारी दिने गरेको छ । एजेन्सी
प्रकाशित: ६ पुष २०७७, सोमबार