दक्षिण एसियाको प्रतिनिधित्व गर्दै नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनलमा

Technology Khabar ६ पुष २०७७, सोमबार

दक्षिण एसियाको प्रतिनिधित्व गर्दै नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनलमा
Classic Tech

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२० को फाइनल चरणमा नेपाली टिम पुगेको छ । नेपाली टिम (Abrupt Slayers) एबरप्ट स्लेयर्स (एएसएल) पीएमजीसीको फाइनलका लागि छनोट भएको हो ।

ग्रुप चरणमा ११ औं स्थान ओगट्दै एएसएलले पब्जीको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दक्षिण एसियाबाट पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) मा पहिलो स्थानमा रहदै एएसएल पीएमजीसीको लागि छनोट भएको थियो ।

अर्को नेपाली टिम द रियल सोल्जर्स (डीआएस) भने ग्रुप स्टेटबाटै बाहिरिन पुगेको छ ।

पीएमजीसीमा विश्वका उत्कृष्ट २४ टिमको सहभागिता रहेको थियो । २४ टिमबीच खेलिएको छनोट खेलबाट उत्कृष्ट १६ मा पर्न सफल टिम फाइनलमा भिड्नेछन् । फाइनल सन् २०२१ को जनवरी २१ देखि २४ तारिकमा दुबईमा आयोजना हुनेछ ।

पीएमपीएल दक्षिण एसियाबाट तीन टिमले पीएमजीसीको ग्रुप चरणमा सहभागिता जनाएका थिए । त्यसमा दुई नेपाली टिम र बंगलादेशको एवान स्पोर्टस रहेको थियो । डीआरएस २१ र एवान स्पोर्टस १७ स्थानमा ओगट्दै फाइनलबाट बन्चित भएका छन् ।

नेपाली टिम ११औं स्थानमा रहँदै ७ हजार डलर अर्थात करिब ८ लाख ४० हजार रुपैयाँ प्राप्त गरेको छ । कुल राशी २० लाख डलरको पुरस्कार रकम टुर्नामेन्टमा रहेको छ।

TK Viber

प्रकाशित: ६ पुष २०७७, सोमबार

Loading...