गाडी उत्पादक फक्सवागनमा इलेक्ट्रोनिक्स सामाग्री र सेमिकन्डक्टर कम्पोनेन्टको अभाव

Technology Khabar ६ पुष २०७७, सोमबार

गाडी उत्पादक फक्सवागनमा इलेक्ट्रोनिक्स सामाग्री र सेमिकन्डक्टर कम्पोनेन्टको अभाव
Classic Tech

जर्मन कार उत्पादक फक्सवागनमा इलेक्ट्रोनिक्स पार्टस् र सेमिकन्डक्टर कम्पोनेन्टको अभाव देखिएको छ । इलेक्ट्रोनिक्स पार्टस् र सेमिकन्डक्टर कम्पोनेन्टको प्रयाप्त आपूर्ति नहुँदा फक्सवागनको उत्पादनमा मन्दी छाएको छ । कोभिड–१९ का कारण विश्व बजारमै अटो पाटर्स र सेमिकन्डक्टर कम्पोनेन्टको अभाव देखिएको हो ।

कार निर्माताका अनुसार कोभिड–१९ ले समयमा कारहरुको बिक्री घटेको थियो । सोहि कारण गर्दा पनि कम्पनीहरुले पनि पार्टस र सेमिकन्डक्टर कम्पोनेन्टको उत्पादनमा कटौती गरेका थिए । बिस्तारै अटो बजारमा चमक देखिन थलेसँगै निर्मातालाई पार्टस र सेमिकन्डक्टर कम्पोनेन्टको अभावको सामना गर्नु परेको हो ।

पार्टस र सेमिकन्डक्टर कम्पोनेन्टको न्यून उपलब्धताले सन् २०२१ को सुरुवाती चरणमा चीन, उत्तर अमेरिका र यूरोपका कार उत्पादन प्रभावित हुनेछ । यसबाट फक्सवागन, स्कोडा, एसईएटी र आउडी ब्राण्ड सबैभन्दा धेरै प्रभावित हुने अनुमान छ ।

फक्सवागनले आफ्नो घट्दो उत्पादनलाई बढाउने तर्फ ध्यान केन्द्रित गरिरहेको छ । अटो बजारमा तीब्र प्रतिस्पर्धा छ । ग्राहकको माग अनुसारको उत्पादन डेलिभरी गर्न असर्मथन रहेमा ग्राहक अन्यत्रै मोडिने खतरा रहन्छ । ग्राहक जोगाउन पनि फक्सवागनलाई तत्काल उत्पादन बढाउनुपर्ने दबाब देखिन्छ ।

नयाँ सवारीसाधनमा ब्लूटूथ कनेक्टिभिटी र ड्राइभर असिस्ट, नेभिगेसन र हाइब्रिड इलेक्ट्रिक सिस्टम लगायत इलेक्ट्रोनिक्स फिचरमा सेमिकन्डक्टर कम्पोनेन्टको प्रयोग हुन्छ । सेमिकन्डक्टरमा सिलिकन चिप्स हुन्छ । यो कम्प्युटर, मोबाइल फोन, सवारीसाधन र माइक्रोओभन लगायतका प्रोडक्टसको कन्ट्रोल तथा मेमोरी फक्सनलाई अपरेट गर्छ । एजेन्सी

TK Viber

प्रकाशित: ६ पुष २०७७, सोमबार

Loading...