गुगल क्रोम र माईक्रोसफ्ट एजका एक्सटेन्सनमा मालवेयर, ३० लाख प्रयोगकर्ताहरु प्रभावित

Technology Khabar ६ पुष २०७७, सोमबार

गुगल क्रोम र माईक्रोसफ्ट एजका एक्सटेन्सनमा मालवेयर, ३० लाख प्रयोगकर्ताहरु प्रभावित
Classic Tech

गुगल क्रोम र माइक्रोसफ्ट एजका ३० लाख भन्दा बढी प्रयोगकर्ताले मालवेयरयुक्त एक्स्टेन्सन प्रयोग गरिरहेको अभास्टको अध्ययनले देखाएको छ । साइबर सेक्युरिटी कम्पनी एभास्टले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ३० लाख भन्दा बढी प्रयोगकर्ताले मालवेयर एक्सटेन्सन डाउनलोड गरेका छन् ।

अनुसन्धानकर्ताहरुले क्रोम र एज ब्राउजरमा कम्तिमा २८ वटा त्यस्ता एक्सटेन्सन फेलापारेका छन् जसमा मालवेयर थिए । ३० लाख इन्टरनेट प्रयोगर्ताले मालवेयरयुक्त र जोखिमपूर्ण १५ वटा गुगल क्रोम एक्सटेन्सन र १३ वटा माइक्रोसफ्ट एज एक्स्टेन्सन प्रयोग गरिरहेका छन् ।

त्यस्ता एक्स्टेन्सनले प्रयोगर्तालाई अनलाईन विज्ञापनमा लैजाने, फिशिङ साइटमा पुर्‍याउने, प्रयोगकर्ताको जन्म मिति, ईमेलका साथै डिभाइसमा हुने विभिन्न क्रियाकलाप समेत संकलन गरिरहेको अभास्टले जानकारी दिएको छ ।

यी एडअनहरूलाई फेसबुक, इन्स्टाग्राम, भिमियो स्पोटीफाई जस्ता फोटो, भिडियो वा प्लेटफर्मबाट अन्य सामग्री डाउनलोड गर्न सजिलोको लागि सिर्जना गरिएको थियो । एक्सटेन्सनमा भएको मालवेयरले कथित रूपमा प्रयोगकर्ताहरूलाई विज्ञापन वा फिशिंग साइटहरूमा निर्देशित गर्दछ र उनीहरूको व्यक्तिगत डाटा चोरी गर्दछ।

अभास्टकाअनुसार त्यस्ता एक्स्टेन्सनले प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री संकलने गर्ने, डिभाइसमा मालवेयर डाउनलोड गर्नेसम्मको काम गरिरहेका छन् । ती एक्स्टेन्सनमार्फत डाटा संकलन गर्नुको प्रमुख उद्देश्य आम्दानी नै रहेको कम्पनीको भनाई छ ।

‘एक्स्टेन्सनको ब्याकडोर राम्रोसँग लुकेको छ र एक्स्टेन्सनले इन्स्टलको केही दिन पछि उनीहरूको खराब व्यवहार देखाउन सुरू गर्दछ जसलाई कुनै सुरक्षा सफ्टवेयरद्धारा समेत खोज्न गाह्रो बनाउँदछ,’ अभास्टका मालवेयर अनुसन्धानकर्ता रुबिनले भने।

प्रयोगकर्तालाई त्यस्ता एक्स्टेन्सनमार्फत आफ्नो साइटमा ल्याएर भिजिटर बढाउने र त्यसबाट पैसा आम्दानी गर्ने गरेको उल्लेख छ । एजेन्सी

TK Viber

प्रकाशित: ६ पुष २०७७, सोमबार

Loading...