यसरी प्रयोग गर्नुहोस्, इस्टाग्रामको लाइभ रुम्स फिचर

Technology Khabar ६ पुष २०७७, सोमबार

यसरी प्रयोग गर्नुहोस्, इस्टाग्रामको लाइभ रुम्स फिचर

काठमाडौं ।

इस्टाग्रामले हालसालै क्रिएटर्सका लागि लाइभ रुम्स फिचर सार्वजनिक गरेको छ । यो फिचरको प्रयोगबाट क्रिएटर्सले अन्य तीन व्यक्तिसँग मिलेर लाइभ गर्न सक्नेछन् ।

यो फिचरको पहिलो परीक्षण विश्वका केहि मुलुकमा गरिएको थियो ।

इस्टाग्रामग्रामको यो फिचर सार्वजनिक गर्ने क्रममा कम्पनीले भारतमा मार्चदेखि लाइभ भ्यूमा प्रत्येक हप्ता ६० प्रतिशतका दरले वृद्धि भइरहेको जानकारी पनि दिएको थियो । यो नयाँ फिचरले क्रिएटर्सको लाइभ भ्यू बढाउन मद्दत गर्ने कम्पनीको विश्वास छ ।

यो फिचर प्रयोग गर्ने तरिका

  • इस्टाग्रामको स्टोरीज ट्रेको टप लेफ्ट ह्यान्ड कर्नरमा रहेको प्लस साइन ट्याप गर्ने वा होम नेविगेशन बारको टप राइटमा रहेको ‘क्रिएट’ प्लस आइकनमा क्लिक गर्ने ।
  • त्यसपछि बटम स्क्रोल गर्दै आइभ क्यामरा अप्सनमा ट्याप गर्ने ।
  • टाइटल राख्नका लागि लेफ्टमा रहेको मेन्यूको प्रयोग गर्ने ।
  • लाइभ गर्नका लागि सर्कुलर बटनमा ट्याप गर्ने ।
    लाइभ स्ट्रिममा प्रयोगकर्तालाई यसरी जोडनुहोस् । यसका लागि तपाई पहिलेदेखि नै लाइभमा हुनुपर्ने हुन्छ । अनि रुम्स आइकमा ट्याप गर्ने ।
  • त्यसो गरेपछि लाइभमा जोड्न सकिने व्यक्तिहरु देखापर्नेछन् । तपाईँले आफ्नो लाइभमा जोड्न चाहनुभएका व्यक्तिका नाम पनि खोज्न सक्नुहुनेछ । त्यसपछि क्रिएटर्सले आफ्नो लाइभमा उनीहरुलाई जोड्न रिक्वेस्ट पठाउन सक्नेछन् ।
  • त्यसपछि प्रयोगकर्ता जोड्नका लागि उनीहरुको ह्यान्डलमा ट्याप गरे पुग्छ ।
Global Bank
easy care

प्रकाशित: ६ पुष २०७७, सोमबार

ताजा समाचार