एप्पलको आईफोन १३ मा सानो नोच र टीओएफ लाइडर स्क्यानरसहित आउने

Technology Khabar ५ पुष २०७७, आईतवार

एप्पलको आईफोन १३ मा सानो नोच र टीओएफ लाइडर स्क्यानरसहित आउने
आईफोन १२ र १२प्रो

काठमाडौं ।

एप्पलको आईफोन १३ सानो नोच र टाइम अफ फ्लाईट (टीओएफ) लाइडर स्क्यानरसहित आउने भएको छ । यो वर्ष सार्वजनिक गरिएको आईफोन १२ प्रो सिरिजमा टीओएफ लाइडर प्रयोग गरिएको थियो ।

आईफोन सिरिजको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर कम्पनीले सम्पूर्ण आईफोन १३ सिरिज टीओएफ लाइडर स्क्यानरसहित बजारमा ल्याउने तयारी सुरु गरेको हो ।

रिपोर्टकाअनुसार आईफोन १३ आईफोन १२ जस्तै चार मोडलमा उपलब्ध हुनेछ । आईफोन १३ मा डी–टीओएफ (डाइरेक्ट टीओएफ) प्रविधिको प्रयोग गरिनेछ । अमेरिकी कम्पनी आईआई–भीआईले एप्पलका आउँदो पुस्ताका आईफोनको आपूर्तिको जिम्मा लिनेछ । आईआई–भीआईले टीओएफ लाइडर स्क्यानरका लागि भीसीएसइएल चिप्स बनाउने गर्छ।

आगामी दिनमा टीओएफ भीसीएसइएलको बजार बढ्ने पूर्वअनुमान छ । कम्पनीले टीओएफ भीसीएसइएल चिप्सको परीक्षण र उत्पादन बढाइरहेको छ । यसको क्षमता २० देखि ३० प्रतिशतसम्म बढाउनेगरी कम्पनीले काम गरिरहेको छ।

एन्ड्रोइड उत्पादकले पनि डी–टीओएफ प्रयोग गर्ने
एन्ड्रोइड उत्पादकले पनि डी–टीओएफ प्रविधि प्रयोग तयारी सुरु गरेका छन् । रिपोर्ट अनुसार एन्ड्रोइडले पनि डी–टीओएफ प्रविधिमा काम गर्न अग्रसरता देखाइरहेका छन् । आईफोन १३ मा प्रयोग भएको प्रविधि वा अन्य कुनै डी–टीओएफ प्रविधि हुन सक्ने प्रारम्भिक अनुमान छ । आईफोन १३ प्रो मोडलमा वाइफाई ६ ई फिचर उपलब्ध हुने सम्भावना छ।

वाइफाई ६ ई फिचरले उच्च क्षमता, लोअर लेटेन्सी, तीब्रगतिको डाटा रेट र ६ गीगाहर्ज फ्रिक्वेन्सीसम्म बढ्नेछ । थप स्पेक्ट्रमले हाल रहेको २.४ गीगाहर्ज र ५ गीगाहर्जको क्षमतामा बढोतरी हुनेछ । यसले उच्च ब्राण्डविथ र न्यून चापमा वाइफाई सिक्स ई प्रयोग गर्न सहयोग पुर्याउँछ । एजेन्सी

easy care

प्रकाशित: ५ पुष २०७७, आईतवार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार