ह्वाट्सएपले डेस्कटपको लागि भ्वाईस र भिडियो कल सुविधा ल्याउँदै

Technology Khabar ५ पुष २०७७, आईतवार

ह्वाट्सएपले डेस्कटपको लागि भ्वाईस र भिडियो कल सुविधा ल्याउँदै

काठमाडौं ।

फेसबुकको स्वामित्वमा रहेको कम्पनी ह्वाट्सएपले चाँडै डेस्कटपको लागि भ्वाईस र भिडियो कलिङ्ग सुविधा सुरू गर्न सक्दछ। कम्पनीले यी सुविधाहरूको लामो समयदेखि परीक्षण गरिरहेको थियो। अब कम्पनीले तिनीहरूलाई छिट्टै प्रयोगकर्ताहरूका लागि रोलआउट गर्न सक्दछ।

यसका साथै डब्लूएबीटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपको भ्वाइस र भिडियो कल सुविधा हाल बीटामा उपलब्ध छ। जहाँ उनीहरूको परीक्षण भइरहेको छ।

ह्वाट्सएपको डेस्कटप भ्वाइस र भिडियो कलिंग सुविधाको सुरुवात पछि, यसले सीधा जुम, गुगल मीट र माइक्रोसफ्टको टिम्स एपसँग प्रतिस्पर्धा गर्नेछ।

जानकारहरुकाअनुसार यी सुविधाहरूको लन्चिङ्गपछि ह्वाट्सएपले अन्य सबै एपहरूलाई पछाडि छोडिदिनेछ। किनकि ह्वाट्सएपमा भिडियो वा अडियो कलका लागि कुनै पनि अन्य एप खोल्न आवश्यक छैन।

जबकि भ्वाइस र भिडियो कलहरूको लागि जूम, गुगल मीट र माईक्रोसफ्ट टिम्सलाई बारम्बार खोल्नुपर्ने हुन्छ।

यी सुविधाहरू रोल आउटपछि, जब तपाईंले डेस्कटपमा ह्वाट्सएप खोल्नुहुन्छ, तपाईंले एक विन्डो पप अप देख्नुहुनेछ। कल गर्नका लागि, प्रयोगकर्ताहरूले च्याट खोल्नु पर्छ र माथि दायाँपट्टी भ्वाइस वा भिडियो कल छनौट गर्नुपर्नेछ। यो मोबाइल एपहरूमार्फत कल गर्ने तरिका जस्तै छ। लामो समयदेखि संसारभरका ह्वाट्सएप प्रयोगकर्ताहरूले यस सुविधाको माग गरिरहेका थिए। एजेन्सी

Global Bank
easy care

प्रकाशित: ५ पुष २०७७, आईतवार

ताजा समाचार