सामसङले आफ्नो इन-हाउस चिपसेट ‘एक्सनोज २१००’ जनवरी १२ मा सार्वजनिक गर्ने

Technology Khabar ५ पुष २०७७, आईतवार

सामसङले आफ्नो इन-हाउस चिपसेट ‘एक्सनोज २१००’ जनवरी १२ मा सार्वजनिक गर्ने

काठमाडौं ।

सामसङको नयाँ फ्ल्यागशिप स्मार्टफोन आउँदो जनवरीमा लन्च हुँदैछ । सो फ्ल्यागशिप फोनमा कम्पनीले इन-हाउस चिपसेट एक्सनोज २१०० राखेको छ ।

यो नयाँ चिपसेट कम्पनीले जनवरी १२ मा लन्च गर्नेछ जून समय ग्यालेक्सी एस२१ सिरिजको वैश्विक घोषणा हुने ठिक दुई दिन अगाडी ।

यसको पछिल्लो फ्लगशिप इनहाउस चिपसेट बजारीकरणको लागि सामसङले एक्सनोज इज ब्याक ह्याशट्याग प्रयोग गरिरहेको जीएसएम एरेनाले उल्लेख गरेको छ।

भर्खरका अफवाहहरूको आधारमा एक्सनोज २१०० ५ एनएम प्रक्रियामा निर्माण हुनेछ जसमा एआरएमको एक्स १ प्राइम कोर २.९१ गीगाहर्जमा चल्नेछ छ र २.८१ गीगाहर्जमा कार्यरत चार पावरकुशल कोर्टेक्स-ए७८एस र चार कोर्टेक्स-ए-५५ कोरहरू २.२१ गीगाहर्ट्जमा काम गर्नेछन्। । तिनीहरूका साथमा माली जी७८ जीपीयू हुनेछ।

एक्सनोज २१०० ले भारतीय बजार र युरोपमा एस२१ सिरिजलाई पावर दिनेछ। तर अरु थप बजारहरूले पनि यो संस्करण पाउने छ कि छैन भनेर हेर्न बाँकी छ। अमेरिका, चीन र दक्षिण कोरिया जस्ता क्षेत्रहरूले सामान्यतया क्वालकमको शीर्ष चिपसेट पाउने आशा गरिन्छ जुन हालको अवस्थामा स्न्यापड्रागन ८८८ हो।

Global Bank
easy care

प्रकाशित: ५ पुष २०७७, आईतवार