वीरगञ्जमा दीपक साहको अध्यक्षतामा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन

Technology Khabar ४ पुष २०७७, शनिबार

वीरगञ्जमा दीपक साहको अध्यक्षतामा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन

काठमाडौं ।

सूचना प्रविधि क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुले वीरगञ्जमा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन गरेका छन्।

वीरगञ्जका आइटी व्यवसायी दीपक साहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । साह वीरगञ्जमा केन्द्रीय कार्यालय रहेको  डाईनामिक टेक्नोसफ्ट नामक सफ्टवेयर डेभलपमेन्ट कम्पनी चलाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्व अध्यक्ष सञ्जय खेतान र लायन्स क्लबको जिल्ला स्ट्राटेजी चिफ डीएन अग्रवालको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा आलोक कुमार चौरसिया, द्धितिय उपाध्यक्षमा विरेन्द्र यादव र तृतिय उपाध्यक्षमा दिगम्बर सिंह मनोनित भएका छन् । त्यसैगरी क्लबको सचिवमा आशु कुमार सर्राफ र कोषाध्यक्षमा सुरुची श्रेष्ठलाई मनोनित गरिएको छ ।

कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लबका पूर्व अध्यक्ष सञ्जय खेतानले आईटी क्षेत्रमा लागेका व्यक्तिहरु अगाडी आएर आफ्नो सामाजिक उत्तरदायित्व बुझ्दै सामाजिक संस्थामा लाग्नु सराहनीय कार्य भएको बताए ।

त्यसैगरी कार्यक्रमलाई अध्यक्ष साहले आइटी क्षेत्रमा काम गर्दै आएको व्यक्तिहरुलाई एउटा छातामुनि ल्याएर सामाजिक क्रियाकलापहरु गर्न र सामाजिक प्रतिको आफ्नो भूमिकालाई निर्वाह गर्न क्लब गठन गरिएको बताए ।

नव गठित क्लबको सह-सचिवमा सचिन साह, सह-कोषाध्यक्षमा सञ्जय कर्मी, क्लब सदस्य प्रमुख निता अगर्वाल, क्लब एलसीएफ संयोजकमा प्रशान्त कुमार, क्लब सर्भिस प्रमुखमा श्रीज्नेश प्रकाश, क्लब मार्केटिङ्ग कम्युनिकेसन प्रमुखमा जीवन प्रकाश गुप्ता, क्लब निर्देशकमा डा. हरिशंकर साह, विजय कुशवाहा, टेमरमा आशिष दारुका, टेल ट्विसटरमा अर्जुन साह रहेका छन् ।

easy care

प्रकाशित: ४ पुष २०७७, शनिबार