सूचना प्रविधि क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउन सरकार तयार -अर्थमन्त्री पौडेल

Technology Khabar ३ पुष २०७७, शुक्रबार

सूचना प्रविधि क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउन सरकार तयार -अर्थमन्त्री पौडेल

काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले सूचना प्रविधि क्षेत्रका उत्पादनलाई गुणात्मक सुधार गर्न डिजिटल नेपालको फ्रेमवर्क ल्याएको बताएका छन् ।

क्यान महासंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

निजी क्षेत्रले कार्यान्वयन नभएको बारे गरिरहेको गुनासोको विषय सहि भएको भन्दै त्यसमा ध्यान दिने बताए ।

उनले संस्थागतरुपमा नै सरकारले के गरिदिनुपर्ने हो भनेर सुझाब दिन आग्रह गर्दै छलफल गर्न तयार रहेको बताए ।

अर्थमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा अनुकुल वातावरण बनाउन सरकार समेत तयार रहेको बताए ।

‘तत्कालन गर्न सकिने कार्यलाई अहिले नै गरौं र नेपालको आईटी सेक्टरले विश्वलाई पछ्याउन तयार बनौं,’ अर्थमन्त्री पौडेलले भने ।

कोभिड १९ ले यो क्षेत्रलाई उत्प्रेरित गरेको भन्दै आईटी सेक्टरलाई ससक्त र प्रभावकारी बनाएर जानुपर्ने सरकारलाई समेत अनुभूत भएको बताए ।

Global Bank
easy care

प्रकाशित: ३ पुष २०७७, शुक्रबार

ताजा समाचार