नेपालमा मोबाइल फोन ब्राण्ड मोटोरोलाको पुनरागमन, बितरकमा कल मोबिलिटी नियुक्त

Technology Khabar ३ पुष २०७७, शुक्रबार

नेपालमा मोबाइल फोन ब्राण्ड मोटोरोलाको पुनरागमन, बितरकमा कल मोबिलिटी नियुक्त

काठमाडौं ।

नेपालमा मोबाइल फोन ब्राण्ड मोटारोलाको पुनरागमन भएको छ । मोटोरालाले मोटो जी नाइन प्ले र मोटो इ सेभेन प्लसबाट नेपालमा पुनरागमनको गरेको हो ।

राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिको साथमा नेपालमा मोटोरोलाको पुनरागमन भएको हो । कम्पनीले दुई नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।

मोटो जी नाइन प्लेमा चार जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ भने, मोटो इ सेभेन प्लसमा चार जीबी र्याम र ६४ जीबी स्टोरेजमा उपलब्ध छ । मोटो जी नाइन प्लस इलेक्ट्रिक ब्लू र मोटो इ सेभेन प्लस मिस्टी ब्लू रंगमा उपलब्ध छ।

सन् २००७ मा, कल मोबिलिटीले नै नेपाली बजारमा रकआर, रेजआर र सी सिरिज लगायतका यसका परम्परागत मोडलहरू ल्याएको थियो ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ र जी वर्ग यसका दुईवटा अति लोकप्रिय उत्पादनहरू हुन् । जसमा सन् २०१९ सम्ममा जी वर्गको बिक्री मात्र नै १० करोडभन्दा धेरै भएको छ । मोटो जी प्ले कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरैथोकमा एउटा शक्तिशाली फड्को हो।

सबैका माझ सामर्थ्य प्रवाह गर्ने गरि डिजाइन गरिएको नयाँ मोटो जी उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पुर्याउँछ । पूर्ण रुपमा नयाँ मोटो जी नाइन प्लेको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ । एउटा अत्यन्तचाडो काम गर्ने र भर्खरको क्वालकम स्न्यापड्रागन ६६२ चिप्सेट, एउटा ४८ एमपीको प्राइमरी सेन्सर ट्रिपल क्यामरा प्रणाली एफ/१.७ एपेर्चर भएको आफ्नो वर्गको अग्रणी र २० वाटको टर्बोपावर चार्जिंग भएको एउटा शक्तिशाली ५०००० एमएएच ब्याट्री दुई दिनसम्म टिक्छ । मोटो इ सेभेन प्लस नाइट भिजन प्रविधिका साथ आफ्नो वर्गमा उत्कृष्ट ४८ एमपी एफ/१.७ प्राथमिक शुटर छ ।

यसका अतिरिक्त, यसले यस समूहमा अग्रणी विशेषताहरू प्रदान गर्दछ नवीनतम स्न्यापड्र्यागन प्रोसेसर, शक्तिशाली ब्याट्री, म्याक्स भिजन एच्डि डिस्प्ले छ । मोटोरोला सेटमा एक वर्ष र ब्याट्री तथा चार्जरमा ६ महिनाको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।

मोटोरोला –भारत र सार्क राष्ट्रका प्रवन्ध निर्देशक प्रशान्त मणिले भने, ‘हामी नेपालमा हाम्रा नवीनतम र आफ्ना वर्गमा उत्कृष्ट, मोटो जी नाइन प्ले र मोटो इ सेभेन प्लस स्मार्टफोनका साथ पुनरागमन गर्न पाउदा हर्षित छौं । गुणस्तरका लागि ख्याति प्राप्त र भिन्न, स्वच्छ र स्टक एन्ड्रोइड अनुभवका साथ रहेर उपभोक्ताका लागि अर्थपूर्ण नवीनताका साथ प्रस्तुत हुने एउटा सशक्त विश्वव्यापी ब्राण्ड भएकाले, हामी विश्वस्त छौं कि हाम्रा उत्पादनहरूले नेपाली उपभोक्ताहरूलाई खुशी पार्न सक्नेछन् ।’

मोटो जी नाइन प्लेको मूल्य १९ हजार ९९० रुपैयाँ र मोटो इ सेभेन प्लसको मूल्य १६ हजार ५९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ३ पुष २०७७, शुक्रबार