Technology Khabar ३ पुष २०७७, शुक्रबार
एप्पलले एयरपोड्स प्रो लाईट सार्वजनिक गर्ने तयारी गरेको छ । एयरपोड प्रो लाईट ट्रू वायरलेस एयरफोन हो । एयरपोड्स प्रो लाईट सन् २०२१ को सुरुवतमा सार्वजनिक गरिने सम्भावना छ।
रिर्पोटका अनुसार एयरपोड्स प्रो लाइटमा एक्टिभ नोइज क्यान्सिलेसनको फिचर भने दिइने छैन । एक्टिभ नोइज क्यान्सिलेसन फिचर नभएकाले यसको मूल्य पकेट मैत्री हुने प्रारम्भिक अनुमान छ।
एप्पल एयरपोड्स प्रो लाईटको डिजाइन एयरपोड्स प्रोसँग मिल्दो जुल्दो छ । एयरपोड प्रो लाईटमा ह्याप्टिक फिडब्याक बेष्ट कन्ट्रोल फिचर हुने संभावना छ ।
एप्पलले यसै वर्ष एयरपोड्स प्रो लाईट बजारमा ल्याउने तयारी गरेको थियो । कोभिड–१९ को बढ्दो प्रकोपले गर्दा कम्पनी आफ्नो योजनाबाट पछि सारेको हो । यसमा लााइट भर्जनमा इयर फिट दिइनेछ तर एयरपोड्स प्रोमा रहेका केही फिचर यसमा पाउन सकिँदैन ।
यसको मूल्य एयरपोड्स प्रोको तुलनामा लाइट भर्सन करिब २० प्रतिशत सस्तो हुने बताईएको छ ।
पछिल्लो समय एयरपोड्सको बजार आक्रमकरुपमा वृद्धि भइरहेको छ । एजेन्सी
प्रकाशित: ३ पुष २०७७, शुक्रबार