शाओमी रेडमी ९ पावर स्मार्टफोन सार्वजनिक, ६ हजार एमएएचको शक्तिशाली ब्याट्री

Technology Khabar ३ पुष २०७७, शुक्रबार

शाओमी रेडमी ९ पावर स्मार्टफोन सार्वजनिक, ६ हजार एमएएचको शक्तिशाली ब्याट्री

काठमाडौं ।

शाओमीको नयाँ स्मार्टफोन रेडमी ९ पावर सार्वजनिक भएको छ । शाओमीले बिहीबार आधिकारीक रुपमा भारतमा रेडमी ९ पावर सार्वजनिक गरेको हो ।

कम्पनीले भर्चुअल माध्यमबाट फोन प्रस्तुत गरेको हो । भारतमा केही समय अघिदेखि नै फोनको टिजर सार्वजनिक गरिएको थियो ।

फोन फास्ट चार्जिङका साथ उपलब्ध छ ।

रेडमी ९ पावर चार जीबी र्याम र ६४ जीबी स्टोरेजमा उपलब्ध छ । यसमा ६.५३ इन्चको (१०८०x२३४०)  फूलएचडी प्लस डिस्प्ले छ । फोनमा क्वालकम स्न्यापड्रागन ६६२ प्रोसेसर छ ।

फोटोग्राफीका लागि रेडमी ९ पावरको फ्रन्ट क्यामरा ८ एमपी र रियर क्यामरा ४८ एमपी प्लस ८ एमपी प्लस २ एमपी प्लस २ एमपी रहेको छ ।

यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम छ भने ६ हजार एमएएचको शक्तिशाली ब्याट्री छ ।

शाओमीको यो स्मार्टफोन नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गरिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ३ पुष २०७७, शुक्रबार

ताजा समाचार