युट्युबको पार्टनर प्रोगाममा नेपाललाई पनि जोडियो, अब नेपालबाटै मनिटाइज गर्न सकिने

Technology Khabar ३ पुष २०७७, शुक्रबार

युट्युबको पार्टनर प्रोगाममा नेपाललाई पनि जोडियो, अब नेपालबाटै मनिटाइज गर्न सकिने

काठमाडौं ।

भिडियो प्लेटफर्म युट्युबले नेपाललाई आफ्नो पार्टनर प्रोगाममा सहभागी गराएको छ । कम्पनीले हालै नेपालबाटै मनिटाइज गर्न सकिने गरि पार्टनर प्रोग्रामको सूचीमा राखेको हो।

पार्टनर प्रोग्राममा नेपाल परेसँगै नेपालबाटै यूट्युबमार्फत कम्पनीले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा सहभागी हुन सकिनेछ ।

युट्युबको पार्टनर प्रोग्राममा हालसम्म १ सय २२ देशहरु छन् ।

यसअघि नेपाललाई सो सूचीमा नराख्दा नेपाली यूट्यूबरहरुले अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । जसले गर्दा युट्युबमार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएपनि अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो ।

नेपालीले भारत, अमेरिकाजस्ता देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो ।

अब भने कुनैपनि युट्युब क्रिएटरले नेपालको नै नाम राखेर आफ्ना भिडियो लगायतका कन्टेन्टहरु मनिटाइन गर्न सक्नेछन् । त्यसैगरि युट्युबका सबै किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भने सो पालना समेत गर्नुपर्नेछ ।

युट्युबमा एक हजार सब्सक्राइबर रहेका र कम्तिमा चार हजार घन्टाको भिडियो हेरिएको समयसहित मनिटाइज गर्न सकिने प्राबधान छ ।

easy care

प्रकाशित: ३ पुष २०७७, शुक्रबार