डिशहोममा स्टार नेटवर्क अन्तर्गतका सम्पुर्ण च्यानलहरु क्लिन फिडमा प्रशारण सुचारु

Technology Khabar ३० मंसिर २०७७, मंगलवार

डिशहोममा स्टार नेटवर्क अन्तर्गतका सम्पुर्ण च्यानलहरु क्लिन फिडमा प्रशारण सुचारु

काठमाडौं ।

डिशहोममा स्टार नेटवर्क अन्तर्गतका सम्पुर्ण च्यानलहरु विज्ञापन रहित (क्लिन फिड) प्रशारण सुचारु भएका छन् ।

नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि वन्द रहेका स्टार नेटवर्क का सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका हुन् ।

डिशहोमका अनुसार विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

स्टार नेटवर्क अन्तर्गतका स्टार प्लस एचडी, स्टार गोल्ड एचडी, स्टार मूभीज एचडी, स्टार उत्सव मूभीजलगायतका च्यानलहरु विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

ताजा समाचार