दूरसञ्चार सेवाहरुको बारेमा अब अनलाइनबाटै गुनासो गर्न सकिने, गुनासो ब्यबस्थापन प्रणाली शुरु

Technology Khabar ३० मंसिर २०७७, मंगलवार

दूरसञ्चार सेवाहरुको बारेमा अब अनलाइनबाटै गुनासो गर्न सकिने, गुनासो ब्यबस्थापन प्रणाली शुरु

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले गुनासो सुन्ने अनलाइन सेवा संचालन गरेको छ । प्राधिकरणले हालै गुनासो सुन्नका लागि अनलाइन व्यवस्था शुरु गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरि दूरसञ्चार सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरुले प्रदान गरेको दूरसञ्चार सेवाका बारेमा उपभोक्ताले अनलाइनमार्फत नै गुनासो गर्न सक्ने भएका छन् ।

सेवा प्रदायकको सेवा सम्बन्धमा समस्या भएमा दूरसञ्चार उपभोक्ताहरुले सम्बन्धित सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा प्राधिकरणको कार्यालयको सम्पर्क नम्बर तथा कार्यालयको इमेल मार्फत गुनासो व्यवस्थापन गरिदैँ आएको जनाएको छ।

हाल दूरसञ्चार सेवाका सम्बन्धमा उपभोक्ताहरुको गुनासोलाई थप व्यवस्थित एवं प्रभाबकारी बनाउनको लागि कार्यालयको सम्पर्क नम्बर तथा इमेलको अतिरिक्त गुनासो ब्यबस्थापन प्रणाली समेत तयार गरि सोझै प्राधिकरणको वेबसाइटमा राखिएको “गुनासो ब्यबस्थापन प्रणाली(Complaint Handling System) मा समेत गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरेको ब्यहोरा सम्पूर्ण दूरसञ्चार उपभोक्ता तथा सम्बन्धित सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ प्राधिकरणले भनेको छ ।

यसको लागि तयार पारेको प्रणालीमा भने सेवाग्राहीले गुनासो गर्नका लागि मोबाइल नम्बर र ईमेल ठेगाना समेत राख्नुपर्ने व्यवस्था गरिएको छ ।

सो प्रणालीमा लगइन गरेर आफुले सेवा लिईरहेको कम्पनीको सेवाको बारेमा गुनासाे गर्न सकिने सुबिधा रहेको छ ।

तर सेवा प्रदायकको सेवाको बारेमा नियमनकारी निकाय प्राधिकरणलाई गुनासो गर्नको लागि प्रयोगकर्ताले अंग्रेजी भाषा अनिवार्य जानेको हुनुपर्नेछ ।

easy care

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार