ब्याट्री चाँडै सकियो भने स्मार्टफोनको यी चार सेटिंग्स परिवर्तन गर्नुहोस्, काम सजिलो हुनेछ

Technology Khabar ३० मंसिर २०७७, मंगलवार

ब्याट्री चाँडै सकियो भने स्मार्टफोनको यी चार सेटिंग्स परिवर्तन गर्नुहोस्, काम सजिलो हुनेछ

स्मार्टफोनको आगमनसँगै हाम्रो जीवन सजिलो भएको छ, तर फोन अलि पुरानो भएपछि ब्याट्री समस्या यसमा सुरू हुन्छ। हो, स्मार्टफोन ब्याट्रीहरुमा समस्या हुनु सामान्य विषय हो।

फोनमा उच्च गतिविधि र एपको कारण फोनमा ब्याट्री उपभोग छिटो हुन्छ । तर धेरै पटक हामी फोनमा केहि पनि नगरेको बेलामा पनि फोन ब्याट्री एकदम चाँडो ड्रेन हुने गर्दछ। यदि तपाइँलाई पनि यस्तै हुन्छ भने यसका लागि धेरै कारणहरू हुन सक्छन्।

यहाँ हामी तपाईँलाई कुन तरिकाहरू प्रयास गरेर ब्याट्री बचत गर्न सकिन्छ भन्ने जानकारी दिनेछौं।

ब्याकग्राउण्ड एपहरू तुरून्त बन्द गर्नुहोस्
तपाईले यो कुरा जान्न चकित हुनुहुनेछ कि फोनमा एउटा मात्र एप प्रयोग गरिए पनि, धेरै एपहरू ब्याकग्राउण्ड सक्रिय रहन्छन् र ब्याट्री खर्च गरिरहन्छन्। यस्तो अवस्थामा तपाईले त्यस्ता एपहरू चिन्नु र तिनीहरूलाई तुरुन्त बन्द गर्नु महत्त्वपूर्ण छ।

  • यो गर्नका लागि तपाईले फोनको सेटिंग्समा जानुपर्नेछ।
  • त्यसपछि ब्याट्री यूजेज विकल्पमा जानुहोस्। यहाँ तपाईले कुन एपले कति ब्याट्री प्रयोग गरिरहेको छ थाहा पाउनुहुनेछ।
  • यहाँबाट तपाईं जबरजस्ती एपलाई रोक्न सक्नुहुन्छ अर्थात फोर्स स्टप, अन्यथा यदि एप आवश्यक छैन भने तपाईं यसलाई अनइन्स्टल गर्न सक्नुहुनेछ।

आवश्यक परेमा मात्र लोकेसन अन
फोनमा रहेको लोकेसन सेवाले जीपीएस र फोनको ब्याट्री प्रयोग गर्दछ जब यो चालु भईरहेको हुन्छ। धेरै चोटि हामीले नक्शा प्रयोग गर्नका लागि स्थान सेटिङ्गस खोल्नु पर्ने हुन्छ, यद्यपि पछि हामीले त्यसलाई बन्द गर्न बिर्सने गर्दछौं। त्यसैगरि त्यहाँ केहि एपहरू छन् जसले तपाईंको लोकेसनमा एक्सेस गरेर यसलाई प्रयोग गरिरहन्छ र ब्याट्री खपत भईरहन्छ। त्यसकारण, आवश्यक भएमा मात्र लोकेसन खोल्नुहोस्, बाँकी समयको लागि यसलाई बन्द राख्नुहोस्।

ब्राइटनेसलाई कम गर्नुहोस्
फोनको ब्राइटनेस कम राख्नका धेरै फाइदाहरू छन्, जसमध्ये एउटा ब्याट्री बचत हो। जब फोनको डीस्प्लेमा उज्यालोपन आवश्यक भन्दा बढि हुन्छ त्यसबेला फोनको ब्याट्री उपभोग बढ्छ । साथै, यसले आँखालाई पनि क्षति पुर्‍याउँछ। विशेष कुरा के हो भने अब डार्क मोड प्रायः फोनमा आएको छ, जसले ब्याट्री बचत गर्नमा मद्दत गर्दछ।

स्क्रिन टाइम सेट गर्नुहोस्
स्क्रिन अन टाइमको अर्थ जब स्मार्टफोन प्रयोग गरिदैन त्यसबेला स्क्रिन कतिसमयसम्म अन हुन्छ भन्ने हो। स्मार्टफोनको स्क्रिन अन टाइमले फोनको ब्याट्री बचत गर्न महत्वपूर्ण भूमिका खेल्छ। यसलाई कम राखेर पनि ब्याट्री ब्याकअप बढाउन सकिन्छ। यस्तो अवस्थामा, १० वा १५ सेकेन्डको स्क्रिन टाईमआउट गर्नु राम्रो हुन्छ, ताकि तपाईंले फोनमा १० वा १५ सेकेन्डको लागि कुनै गतिविधि नगरेको बेलामा स्क्रिन बन्द हुनेछ। यसले तपाईंको फोनको ब्याट्री पनि बचत गर्दछ।

TK Viber

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

Loading...