Technology Khabar २९ मंसिर २०७७, सोमबार
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आ।ब। २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।
२९ मंसिरमा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।
प्रकाशित: २९ मंसिर २०७७, सोमबार