भुक्तानी सेवा प्रदायकद्धय सेलपे र फोनपे बीच सहकार्य, क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस् पाईने

Technology Khabar २९ मंसिर २०७७, सोमबार

भुक्तानी सेवा प्रदायकद्धय सेलपे र फोनपे बीच सहकार्य, क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस् पाईने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि (फोनपे) बीच सहकार्य भएको छ ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।

सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक क्युआर भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् ।

उक्त सम्झौतापत्रमा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिसका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका छन् ।

कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको बताईएको छ।

साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने कम्पनीले जानकारी दियो।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १ लाख ६० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने जनाएको छ ।

easy care

प्रकाशित: २९ मंसिर २०७७, सोमबार