टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प सुरू

Technology Khabar २८ मंसिर २०७७, आईतवार

टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प सुरू
NTC_Advt

काठमाडौं ।

नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले आइबारबाट ग्लोबल सर्भिस क्याम्प सुरू गरको छ।

सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारीक फेसबुक पेजबाट लाइभ गरिएको थियो।

कार्यक्रममा रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले यसवर्ष हाम्रा ग्राहकवर्गहरुलाई धेरै महिना गाडी थन्काएर राखेको गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२० को आयोजना गरेको जानकारी दिए।

उनले सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाएर सर्भिस क्याम्प सुरू गरिएकोले ग्राहकहरुलाई ढुक्क भई प्रिबुकिङ्ग गरेर क्याम्पको फाइदा उठाउन आग्रह गरे।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहमा आयोजित गरिएको छ।

यस ग्लोवल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँच हुनेछ।

सो क्याम्प पुस ८ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २८ मंसिर २०७७, आईतवार