ह्वावेको १२.९ इन्चको ट्याबलेट आउँदै, ओएलईडी स्क्रीनका साथमा प्याडओएस हुने

Technology Khabar २८ मंसिर २०७७, आईतवार

ह्वावेको १२.९ इन्चको ट्याबलेट आउँदै, ओएलईडी स्क्रीनका साथमा प्याडओएस हुने

काठमाडौं ।

एन्ड्रोइड ट्याब्लेट बजारको सेयर एप्पलको आईप्याडको सफलतासँगै निरन्तर घटिरहेको बेलामा ह्वावेले भने सोहि सेगमेन्टमा अझै नयाँ प्रतियोगीको लागी ठाउँ छ भन्ने विश्वास गरिरहेको छ।

नयाँ रिपोर्टका अनुसार ह्वावेले नयाँ ट्याबलेट ल्याउन लागेको छ, जसको अर्थ नयाँ ट्याबलेटले एप्पल आईप्याड प्रो र सामसङ ग्यालेक्सी ट्याब ७प्लस सँग प्रतिस्पर्धा गर्नु हो।

लीकस्टरले दावी गरेको छ कि नयाँ ह्वावे मेटप्याड १२.९ इन्चको ओएलईडी स्क्रीनको साथ १२० हर्ज रिफ्रेस रेटको साथ आउनेछ।

ट्याब्लेटको निर्माणलाई एकदम पातलो बेजेल र पंचहोल क्यामरा नभएको रूपमा वर्णन गरिएको छ । यसको अर्थ ट्याबलेटमा अण्डर डिस्प्ले फ्रन्ट क्यामरा हुनसक्नेछ ।

थप रूपमा, नयाँ ट्याब्लेट ह्वावेको हार्मोनी ओएसमा आधारित रहेर आउने प्याडओएसमा आधारित हुनेछ ।

ह्वावेको नयाँ ट्याबलेटलाई इनहाउन चिपसेट किरीन ९००० सिलिकनले संचालन गर्ने आशा गरिएको छ। ह्वावेको नयाँ ट्याबलेट ह्वावे पी५० सिरिजका साथमा लन्च हुने अपेक्षा गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: २८ मंसिर २०७७, आईतवार