टोयोटाले अर्को वर्ष १० मिनेटमा नै चार्ज हुने ब्याट्रीका साथ नयाँ इलेक्ट्रिक कार ल्याउने

Technology Khabar २८ मंसिर २०७७, आईतवार

टोयोटाले अर्को वर्ष १० मिनेटमा नै चार्ज हुने ब्याट्रीका साथ नयाँ इलेक्ट्रिक कार ल्याउने

काठमाडौं ।

एउटा नयाँ रिपोर्टले सुझाव दिन्छ कि टोयोटाले नयाँ सोलिड स्टेट ब्याट्रीको साथ अर्को वर्ष नयाँ इलेक्ट्रिक कार अनावरण गर्ने छ जसले १० मिनेट फास्ट चार्ज क्षमता इनेबल गर्दछ।

टोयोटाले २०२० को प्रारम्भमा इलेक्ट्रिक सवारी साधनहरूमा ब्याट्री व्यवसायिकरण गर्ने योजनासहित सन् २०१७ मा सोलिड स्टेट ब्याट्रीमा काम गर्न सुरु गरेको थियो ।

निकाई एशियाको नयाँ रिपोर्टअनुसार टोयोटाले अर्को पुस्ताको ब्याट्रीद्वारा संचालित कारलाई अर्को वर्षको शुरुवातमा चाँडै अनावरण गर्ने योजना लिएको छ।

रिपोर्टले दाबी गर्‍यो कि नयाँ ब्याट्रीले ५०० किमी वा ३१० माईलको दायरा उपलब्ध गराउनेछ र यो केबल १० मिनेटमा चार्ज गर्न सक्षम हुनेछ।

टोयोटाले चीनभन्दा बाहिर केबल एउटा मात्र इलेक्ट्रिक भेहिकल सार्वजनिक गर्न सकेको छ।

यस वर्षको सुरूमा, जापानी अटोमेकरले एउटा नयाँ अल इलेक्ट्रिक एसयूभी घोषणा गर्‍यो जुन चाँडै आउँदैछ र भन्यो कि यो उनीहरूको ब्याट्री इलेक्ट्रिक कारहरूको लागि ‘पहिलो चरण’ हो।

हाल सबै इलेक्ट्रिक भेहिकलहरु परम्परागत लिथियम आयन ब्याट्रीका साथमा सञ्चालन हुने गर्दछन् । जसको धेरै सिमितता छ । तर टोयोटा भने सोलिड स्टेट ब्याट्री टेक्नोलोजीका साथमा इलेक्ट्रिक भेहिकल ल्याउने पहिलो कम्पनी बन्ने योजना लिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७७, आईतवार

ताजा समाचार