एप्पलले इनहाउस मोडेम डिजाइन गर्न सुरु गर्यो, क्वालकममाथिको निर्भरता घटाउँदै

Technology Khabar २८ मंसिर २०७७, आईतवार

एप्पलले इनहाउस मोडेम डिजाइन गर्न सुरु गर्यो, क्वालकममाथिको निर्भरता घटाउँदै
एप्पलको म्याक एम १ चिप

काठमाडौं ।

एप्पलले आफ्नो इनहाउस सेलुलर मोडेममा डिजाईन र अन्य काम गर्न थालेको छ। यो कदमले आउँदो दिनमा आईफोनहरू र आईप्याडहरूको लागि क्वालकममा निर्भरतालाई कम गर्दछ।

एप्पलको हार्डवेयर टेक्नोलोजीका वरिष्ठ उपाध्यक्ष, जोनी सोरजीले टाउन हल बैठकमा एप्पलका कर्मचारीहरूसँग सो घोषणा गरे।

उनले भने, ‘यस वर्ष हामीले हाम्रो पहिलो इन-हाउस सेलुलर मोडेम सुरु गरेका छौं। हामीसँग भविष्यको लागि नवीन टेक्नोलोजीको लागि ठूलो योजना छ। दीर्घकालीन रणनीतिक लगानी हाम्रो उत्पादनहरू सक्षम पार्ने महत्वपूर्ण अंश हो।’

सोरजीले भने कि एप्पलले आफ्नै सेलुलर मोडेम विकास गर्न हार्डवेयर र सफ्टवेयर ईन्जिनियरहरूको टोली निर्माण गर्दैछ।

मोडेम कम्पनीले डिजाइन गरिरहेको केहि वायरलेस चिपहरूमध्ये एक हो, जसमा सटिक स्थान जानकारीको लागि आईफोनमा यु १ अल्ट्राभाइड-ब्यान्ड चिप र एप्पल वाचमा डब्ल्यू-सिरीज छ। क्वालकमका केही पार्टहरु भर्खरको ५जी आईफोनमा प्रयोग गरिएको छ।

सन् २०१९ मा एप्पलले इंटेलको ५जी स्मार्टफोन मोडेम ब्यापार एक अरब डलरमा खरिद गरेको थियो। करिब २,२०० इंटेल कर्मचारीहरू सम्झौता अन्तर्गत एप्पलमा सामेल भएका थिए। यो सम्झौता पछि, वायरलेस टेक्नोलोजीका लागि पेटेन्टहरूको संख्या १७ हजार भन्दा बढि हुने एप्पलले बताएको थियो।

यस सम्झौतापछि इंटेलसँग गैर स्मार्टफोन एपहरू जस्तै पीसीहरू, औद्योगिक उपकरणहरू र सेल्फ ड्राइभिङ कारहरू विकास गर्ने अधिकार भएको थियो।

सेलुलर मोडेम एक स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण भाग मध्ये एक हो, जसले सेलुलर नेटवर्कहरूमार्फत फोन कल र इन्टरनेटमा कनेक्सन इनेबल गर्दछ। एजेन्सी

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७७, आईतवार

ताजा समाचार