आविष्कार केन्द्रले तयार पार्यो हेलिकप्टरमा कोभिडका बिरामीहरु ओसार्ने आइसोलेसन च्याम्बर

Technology Khabar २८ मंसिर २०७७, आईतवार

आविष्कार केन्द्रले तयार पार्यो हेलिकप्टरमा कोभिडका बिरामीहरु ओसार्ने आइसोलेसन च्याम्बर

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रले हेलिकप्टरमा कोभिड-१९ का बिरामीहरु ओसर्न प्रयोग गरिने आइसोलेसन च्याम्बर तयार पारेको छ ।

हाल नेपालमा दुई वटा हेलिकप्टर सेवा दिने कम्पनीहरुले मात्र हेलिकप्टरमार्फत कोभिड-१९ को बिरामीहरु ओसारपसार गर्ने अनुमति पाएका छन् ।

जसमध्ये मनाङ एयरले केन्द्रले तयार पारेको आइसोलेसन च्याम्बरको प्रयोग गरिरहेको केन्द्रका संस्थापक महाबिर पुनले जानकारी दिए ।

सो च्याम्बरमा राखेर कोभिडका बिरामीहरुलाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा सुरक्षितरुपमा लैजान सकिने बताईएको छ।

केन्द्रले नेपालमा नै तयार पारेको सो आइसोलेसन च्याम्बरको मूल्य ८० हजार रुपैयाँ मात्र रहेको जानकारी दिएको छ ।

यस्तै आइसोलेसन च्याम्बर प्रयोग गरिरहेको कैलाश हेलिकप्टरले भने महंगो मूल्य तिरेर विदेशबाट आयात गरेको बताईएको छ ।

केन्द्रले कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर विभिन्न उपकरणहरु तयार पारिसकेको छ भने केहि साताअघि मात्र बेबी वार्मर तयार पारेको थियो ।

easy care

प्रकाशित: २८ मंसिर २०७७, आईतवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार