हुन्डाई मोटर ग्रुपले किन्यो रोबोट निर्माता कम्पनी बोस्टन डाइनामिक्स

Technology Khabar २७ मंसिर २०७७, शनिबार

हुन्डाई मोटर ग्रुपले किन्यो रोबोट निर्माता कम्पनी बोस्टन डाइनामिक्स

काठमाडौं ।

हुन्डाई मोटर ग्रुप र यसका अध्यक्ष बोस्टन डाईनामिक्समा नियन्त्रणसहितको स्टक खरीद गर्न सहमत भएका छन्। सफ्टब्यांक ग्रुप कर्पद्धारा अमेरिकामा आधारित रोबोट निर्मातालाई १.१ अर्ब डलरको मूल्यांकन गरिएको छ।

दक्षिण कोरियाली अटोमेकर समूहले शुक्रबार बोस्टन डाईनामिक्सको खरीदले यसको सवारी कारखानामा स्वचालन विस्तार गर्न र अटोनोमस कार, ड्रोन र रोबोटहरू डिजाइन गर्न मद्दत पुर्‍याउने बताएको छ । किनभने कम्पनीले आफैलाई अटो निर्माताबाट बृहत गतिशीलता सेवा प्रदायकमा परिणत गर्न खोजेको छ।

हुन्डाई मोटर समूहले यो सम्झौतामा नयाँ शेयर इश्यू गरिने र उसको प्रमुखलाई बोस्टन डाईनामिक्समा संयुक्त रूपमा ८० प्रतिशत शेयर हिस्सा दिने बताएको छ, जबकि सफ्टब्यांकले २० प्रतिशत शेयर कायम राख्ने छ।

१.१ अर्ब डलर मूल्यांकन गरिएको बोस्टन डाईनामिक्समा चुंगको २० प्रतिशत सेयर हुनेछ, जबकि हुन्डाई मोटर र यसका सम्बद्ध कम्पनी हुन्डाई मोबिस र हुन्डाई ग्लोभिसको संयुक्त ६० प्रतिशत हिस्सेदारी हुनेछ।

हालै नयाँ पदोन्नती भएका हुन्डाई मोटर ग्रुपका अध्यक्ष युइसुन चुंगले परम्परागत कार निर्माणमा निर्भरता कम गर्ने वाचा गरेका छन्। उनले भनेका छन कि रोबोटिक्सले फर्मको भविष्यको २० प्रतिशत हिस्सा लिने छ, जबकि कार निर्माणले ५० प्रतिशत र शहरी हवाई यातायातले बाँकी ३० प्रतिशत हिस्सा बनाउने छ।

सफ्टब्यांक समूहका प्रमुख कार्यकारी मासायोशी सन्सले हुन्डाई मोटर समूहसँगको साझेदारीले रोबोट निर्माताको व्यावसायिकरणको बाटोलाई गति दिने बताए ।

बोस्टन डाईनामिक्स, जसलाई सन् १९९२ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विकास गरिएको थियो, सन् २०१३ मा यसलाई गुगलले किनेको थियो र २०१७ मा सफ्टब्यांकलाई बेचिएको थियो।

बोस्टन डाईनामिक्सले रोबोट कुकुर निमार्ण गरेसँगै यसको चर्चा चुलिएको थियो । जून ७४ हजार डलरमा हाल बिक्री भईरहेको छ । त्यसैगरि यसले वेयरहाउसमा प्रयोग हुने स्वचालित रोबोट बनाएको छ जून आगामी वर्षदेखि व्यवसायीक हुने अनुमान गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: २७ मंसिर २०७७, शनिबार