भायो ब्राण्डका ल्यापटपहरु पुनः बजारमा आउँदै, भारतीय ईकमर्स फ्लिपकार्टमार्फत बिक्री गरिने

Technology Khabar २७ मंसिर २०७७, शनिबार

भायो ब्राण्डका ल्यापटपहरु पुनः बजारमा आउँदै, भारतीय ईकमर्स फ्लिपकार्टमार्फत बिक्री गरिने
Classic Tech

फ्लिपकार्ट टिजरका अनुसार भायो ब्राण्डका ल्यापटपहरू छिट्टै भारतमा पुनस् फिर्ता हुने तयारीमा छन्। भरपर्दो ल्यापटपहरू निर्माण गर्नका लागि परिचित जापानी ल्यापटप ब्रान्ड धेरै बर्षदेखि प्रतिस्पर्धात्मक खेल बाहिर नै रहँदै आएको छ।

प्रत्येक वर्ष व्यवसाय घाटामा गएसँगै सोनीले २०१४ मा भायो पीसी व्यवसाय बेचेको थियो । अबभने यो रिपोर्ट गरिएको छ कि हंगकंगमा आधारित नेक्सस्टगोसँगको सम्झौतापछि ब्रान्डले भारतमा रिलन्च गर्नेछ।

फ्लिपकार्ट टीजरले अझै अनावरण मितिको जानकारी दिएको छैन् तर भारतमा हलुका किसिमका भायो ल्यापटपको आसन्न लन्चिंगको बारेमा बताएको ९१ मोबाइल्सको रिपोर्टमा उल्लेख छ।

भर्खरका रिपोर्टहरू अनुसार नेक्सस्टगो कम्पनी लिमिटेड र भायो बीच हंगकंग, मलेसिया, सिंगापुर, ताइवान, मकाउ, मध्यपूर्व र भारतलगायत धेरै बजारमा भायो ल्यापटपको निर्माण, बिक्री, मार्केटिग र सर्भिंगका लागि लाइसेन्स सम्झौतामा हस्ताक्षर भएको छ ।

यस महिनाको शुरूमा भायो घोषणा गर्‍यो कि यो भारतीय बजारमा अतुलनीय तर सिमलेस कम्प्युटिङ्ग अनुभव ल्याउन तयार छ।

नेक्सस्टगो कम्पनी लिमिटेड, आरएसडी, क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले भनिन, “जनवरीमा ब्रान्डले आधिकारिक रूपमा पहिलो एएमडी मोडल अनावरण गर्नेछ र साथै अर्को विशेष मोडलको डिजाइन गर्दछ जून आधुनिक अफिसका लागि हुनेछ र फ्लिपकार्टबाट बिक्री सुरु गरिनेछ ।”

भायोका ल्यापटपहरुको बारेमा कुनै फिचरहरु तथा जानकारीहरु भने सार्वजनिक भएका छैनन् ।

TK Viber

प्रकाशित: २७ मंसिर २०७७, शनिबार

Loading...