ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’को घोषणा

Technology Khabar २६ मंसिर २०७७, शुक्रबार

ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’को घोषणा

ओपोले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो ।

डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । ‘ओ(फ्यान्स फेस्टिवल’ क्याम्पेन जनवरी १०,२०२१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

‘नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आदर्णिय उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ हामीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् ।

सहभागिताका लागि उपभोक्ताले, फोनका लागि ः ओफ्यान्स ूइाबलकू ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि ः ओफ्यान्स ूइाबलकू ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन् ।

विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिने छ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ ।

तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् ।

डिसेम्बर १देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

Loading...