इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनाका बिजेता मनोजले पाए टिभिएस मोटरसाइकल

Technology Khabar २५ मंसिर २०७७, बिहीबार

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनाका बिजेता मनोजले पाए टिभिएस मोटरसाइकल

काठमाडौं ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरिएको छ ।

उपहार योजना अन्तर्गत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गोलाप्रथाबाट बिजेता सार्बजनिक गरिएको हो । बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ।

मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए ।

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

easy care

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार