विज्ञापन बोर्डको कार्यालय स्थापना

Technology Khabar २५ मंसिर २०७७, बिहीबार

विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौं ।

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ ।

नेपाल सकरारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानून बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बोर्डको कार्यलयको उद्घाटन गरे । कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विज्ञापन क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी बजार नियमन गर्न बोर्ड सफल हुने विश्वास व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहत रहने गरी गठन भएको बोर्डमा अध्यक्ष सहित ९ जना सदस्य रहने व्यवस्था छ ।

बोर्डको अध्यक्ष भने खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने व्यवस्था छ ।

साथै बोर्डका सदस्यमा गृह मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका एक–एक जना सहसचिव पनि रहने व्यवस्था रहेको छ ।

हाल अध्यक्ष नियुक्ति नभएको अवस्थामा सञ्चार मन्त्रालयका सहसचिवले नै अध्यक्षता गर्नेछन् ।

विज्ञापन बोर्ड नेपाली सञ्चार क्षेत्रमा रहेको विज्ञापन बजारको नीति निर्माण अनुगमन र नियमन गर्न गठन गरिएको हो ।

easy care

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

ताजा समाचार