राष्ट्रिय आविष्कार केन्द्रले तयार पार्यो ‘न्यानो नानी’ नामक बेबी वार्मर

Technology Khabar २५ मंसिर २०७७, बिहीबार

राष्ट्रिय आविष्कार केन्द्रले तयार पार्यो ‘न्यानो नानी’ नामक बेबी वार्मर

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रले हालै नवजात शिशुहरुलाई तातो पार्न प्रयोग हुने ‘न्यानो नानी’ नामक बेबी वार्मर बनाएको छ ।

भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने यो बेबी वार्मर अन्तराष्ट्रिय इलेक्ट्रोटेक्निकल कमिसनको कोड Code IEC 60601-2-21 अनुसारको गुणस्तरसँग मिल्ने गरी बनाइएको केन्द्रले जानकारी दिएको छ ।

हालै केन्द्रका संस्थापक महाविर पुनले ट्विटरमार्फत बेबी वार्मर तयार रहेको र ईच्छुकहरुले किन्न सक्ने बताए ।

उनले विदेशमा निर्माण भएको यस्तो उपकरण नेपालमा धेरै प्रयोगमा रहेको भन्दै नेपाली बेबी वार्मर भने ६० हजार रुपैयाँ हाराहारी पर्ने बताए ।

केन्द्रले पहिलो चरणमा १५ वटा तयार पारेको र थप आवश्यकता र मागअनुसार तयार पार्ने उनले जानकारी दिएका छन् ।

केन्द्रका ईन्जिनियरहरुलाई यसको डिजाईन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण गरेर अहिलेको अवस्थामा ल्याउन करिब १८ महिना लागेको बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

ताजा समाचार